सरोकारवाला र सेवा प्रदायक निकायबीच अन्तरक्रिया सम्पन्न
इन्सेक, कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा स्थानीय निकाय सरोकारवाला र सेवा प्रदायक निकायहरूबीच चैत २५ गते वीरेन्द्रनगरमा अन्तरकृया सम्पन्न भएको छ । कार्यक्रममा वीरेन्द्रनगर नपा स्वास्थ्य इकाइ संयोजक उदयबहादुर थापाले आफू स्वास्थ क्षेत्रमा कार्यरत रहेको भए पनि स्वास्थ बीमाको कार्यक्रम प्रभावकारी हुन नसकेको गुनासो गरे । कृषि सहकारी संघका मोतीराम शर्माले कृषकलाई चाहिएको समयमा मल र बीउ नआउने समस्याको हल सरोकारवालाले चाँडै गर्नुपर्ने बताए ।
सेवाग्राहीका भनाइलाई सम्बोधन गर्दै कर्णाली प्रदेश अस्पतालका अध्यक्ष श्यामलाल कँडेलले प्रदेश अस्पताललाई स्तरीय बनाउने कार्यमा आफू प्रयासरत् रहेको बताए । नगरपालिकाका पशु इकाइ संयोजक नारायण प्रसाद न्यौपानेले नगरभित्रको बधशाला र पशु बिमाको कार्यक्रम अहिले प्राथमिकतामा रहेको बताए । पशुमैत्री गोठ बनाउनका लागि बजेट बढाउनुपर्ने न्यौपानेको भनाइ थियो । कार्यक्रम मानवअधिकार निगरानी समूहकी अध्यक्ष लक्ष्मी शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।
इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहद्वारा वडालाई ध्यानाकर्षण पत्र
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशद्वारा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहले कपिलवस्तु नगरपालिकाका-१ का वडा अध्यक्ष जाहिंद खानलाई फाल्गुन १ गते ध्यानाकर्षण पत्र बुझाएको छ । मानव अधिकार…
बाल अधिकार सचेतना समूहद्वारा कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित श्री हिरा फेक्नी माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले ०८१ माघ २४ गते कार्ययोजना बैठक सम्पन्न गरेको छ ।…
जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा इन्सेक चयन
जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ताप्लेजुङलाई सदस्यमा चयन गरिएको छ । सञ्जालको सदस्यमा इन्सेक ताप्लेजुङ, प्रतिनिधि एलिना दियाली चयन हुनु भएको हो । जिल्ला प्रहरी…
अदालतले दिएका आदेश कार्यान्वयन गर्नु सबैको कर्तब्य होः मुख्य न्यायाधीश भट्टराई
उच्च अदालत सुर्खेतका कामयम मुकायम मुख्य न्यायाधीश कृष्णलाल भट्टराईले सार्वजनिक सरोकारका विषयमा अदालतले दिएका आदेश कार्यान्वयन गर्नु सबैको कर्तब्य रहने बताउनुभएको छ । ०८१ माघ ३० गते अनौपचारिक क्षेत्र सेवा…
मानव अधिकार तथा वातावरण अधिकार समूहको प्रदेशस्तरी बैठक सम्पन्न
अनौपचारिक क्षत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोनामा मानव अधिकार तथा वातावरण अधिकार समूहकोे प्रदेशस्तरी बैठक ०८१ माघ ३० गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेस…