सरोकारवाला निकायसँग समन्वय वैठक सम्पन्न

इन्सेक सुदूर पश्चिमाञ्चल क्षेत्रीय कार्यालय, धनगढीको आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सरोकारवाला निकायका प्रतिनिधिहरूसँग फागुन १० गते सिलगढीमा समन्वय वैठक सम्पन्न भएको छ ।

Photo20170222Doti

उक्त वैठकमा सरोकारवाला निकायका प्रतिनिधिहरूले काम गर्ने क्रममा केही नीतिगत समस्याहरू रहे पनि सबैले आ-आफ्नो क्षेत्रबाट इमान्दार ढङ्गले काम गर्न सके सेवा प्रवाहलाई सुधार गर्न सकिने धारणा राखेका थिए ।

वैठकमा इन्सेकका क्षेत्रीय कार्यालयका संयोजक खडकराज जोशीले समन्वय वैठकमा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल गर्ने परियोजना सञ्चालित गगुडा र वासुदेवी गाविसलगायत डोटी जिल्लामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्था राम्रो नभएको सरोकारवाला निकायका प्रतिनिधिले विचार राखेका थिए ।

जिल्ला विकास समिति डोटीका स्थानीय विकास अधिकारी कृष्ण गौतमको सभाध्यक्षतामा सम्पन्न उक्त समन्वय वैठकमा सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि, जिल्लास्तरीय मानव अधिकार निगरानी समूहका प्रतिनिधिहरू, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

दीर्घ खत्री