सरोकारवाला निकायबीच अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्षपुस्तक २०२३ का लागि रुकुम पश्चिम जिल्लामा २०२२ जनवरीदेखि हालसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घनका घटनाहरूको अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रम जेठ २९ गते सम्पन्न भएको छ ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मनिषा केसीले हालसम्म २६ वटा मानव अधिकार उल्लङ्घनका घटना अभिलेख गरिएको जानकारी गराउनुभयो । जसमा नागरिक तथा राजनीतिक अधिकार अन्तर्गत धम्की कुटपिट, गैरराज्य पक्षबाट नौ वटा, बालअधिकार अन्तर्गत बलात्कार, बलात्कार प्रयास तथा यौन दुव्र्यवहार तीन वटा, महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव, दुव्र्यवहार अन्तर्गत परिवारजनबाट हत्या एक, घरेलु हिंसा सम्बन्धी ११, आत्महत्या दुरुत्साहन एक र बहुविवाह एक रहेका छन् ।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी प्रमुख डीएसपी विष्णुप्रसाद सोतीले मानव अधिकार उल्लङ्घनका घटना न्यूनीकरणका लागि सबै सरोकारवाला संवेदनशील हुनुपर्ने बताउनुभयो । प्रहरीले मात्र सबैकुरा नियन्त्रण गर्न नसक्ने भएकाले जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिले स्थानीय स्तरमा यसको पहलकदमी लिनुपर्ने उहाँको भनाई थियो । घटनाहरू व्यक्तिगत भएपनि पछि त्यसलाई राजनीतिक आवरण दिने गर्नाले अनुसन्धान र न्याय निरुपणमा समस्या हुने गरेको डीएसपी सोतीले जानकारी दिनुभयो ।
नेकपा एमालेका अध्यक्ष नन्दराम देवकोटाले घटना हुने कारण पत्ता नलागएसम्म यी घटनामा कमी नआउने बताउनुभयो । स्थानीय तहका न्यायिक समितिले राजनीतिक पूर्वाग्रह र प्रतिशोध नराखी काम गरेमा सामान्य घटनालाई तल्लो तहमै समाधान गर्न सकिने उहाँको भनाई थियो ।
त्यस्तै नेपाली काँग्रेसका प्रदेश सदस्य सीता ओलीले सबै राजनीतिक दलले युवालाई नियन्त्रणमा राख्न सक्दा मात्र झडप तथा आक्रमणका घटनामा कमी आउने बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोकाले इन्सेकको मानव अधिकार वर्षपुस्तक नेपालको मानव अधिकार सम्बन्धी अभिलेखको प्रशंसनीय भएको बताउनुभयो । यसमा प्रयोग हुने भाषा शैली तटस्थ बनाउँदै विवरणलाई अझै तथ्यगत रुपले राख्न उहाँले सुझाव दिनुभयो ।
कार्यक्रममा बोल्ने अन्य सहभागीहरूले इन्सेकले गरेको कामको प्रशंसा गर्दै आफूहरुको निरन्तर समन्वय र सहकार्य हुने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा गैसस महासंघका अध्यक्ष नारायणकुमार शाह, जिल्ला बार इकाईका सचिव रचना मल्ल, पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसी, महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष व्यूँझना पुन, अन्य संघ संस्थाका प्रतिनिधि, पत्रकार लयायत २६ जनाको उपस्थिति रहेको थियो ।
मनिषा केसी
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल अधिकार समूहद्वारा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक सडक नाटक प्रदर्शन
मध्यविन्दुमा रहेको नेपाल लोक सेवा माध्यमिक विद्यालयमा इन्सेकद्वारा गठन भएको बाल अधिकार समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा मङ्सिर १६ गते विद्यालय परिसरमा सचेतनामूलक सडक नाटक प्रदर्शन गरेको हो…
मानवअधिकार समूहको प्रदेशस्तरीय परिचालन बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा कास्की को मादी गाउँपालिका र माछापुच्छ्रे गाउँपालिका साथै नवलपुरको देवचुली नगरपालिका र मध्यविन्दु नगरपालिकामा गठित मानवअधिकार समूहको प्रदेशस्तरीय परिचालन बैठक ०८० मङ्सिर १६ गते…
लैगिंक हिंसा विरूद्धको अभियानको अवसरमा मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी सचेतना मूलक सडक नाटक प्रदर्शन
कपिलवस्तु नगरपालिका– ३ स्थित श्री यशोधरा मावि तौलिहवामा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूह र मानव अधिकार समूह कपिलवस्तुको आयोजना , कपिलवस्तु नगरपालिका– १ र ३ को वडा कार्यालयको समन्वयमा…
बालअधिकार समूहको प्रदेशस्तरीय सन्जाल बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित कास्की र नवलपुरका बालअधिकार समूहको प्रदेशस्तरीय सन्जाल बैठक ०८० मङ्सिर १६ गते पोखरामा सम्पन्न भएको छ । बैठकमा बालअधिकार समूहका गण्डकी प्रदेशका अध्यक्ष…
लैङ्गिक विभेद विरुद्ध सचेतना मुलक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न राक्सिराङ गाउँपालिका-३, पलासेस्थित सूर्योदय माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर १५ गते लैङ्गिक विभेद विरुद्ध सचेतना मुलक…