सरसफाई व्यवस्थापनकाे माग राख्दै मानव अधिकार समूहद्वारा नगरपालिकामा ध्यानाकर्षण पत्र
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतद्वारा सञ्चालित मानव अधिकार शिक्षा परियोजना अन्तरगत दुल्लू नगरपालिकामा गठित मानव अधिकार समूहले दुल्लू क्षेत्रका सरसफाई व्यवस्थापन निम्ति चैत्र २० गते ध्यानाकर्षण पत्र बुझाएको छ ।
दुल्लू नगरपालिकाका नगर प्रमुख भरत रिजाललाई उहाँको कार्यकक्षमा बालेश्वर पार्क, विजय पार्क, लगायतका सार्वजनिक स्थलहरुमा फोहरमैला र दुर्गन्धित भएको भन्दै ती ठाउँहरुमा सरसफाई व्यवस्थापन सँगै बजार अनुगमनको पनि माग गरिएको छ ।
नेपालको संविधानको धारा ३० अनुसार स्वच्छ वातावरणमा नागरिकहरुले बाँच्न पाउनुपर्नें र धारा ४० अनुसार उपभोक्ताले मूल्य अनुसार गुणस्तर र तौलको वस्तुहरु उपभोग गर्न पाउनुपर्ने मौलिक हकको प्रत्याभूति गराउन ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
नगर प्रमुख रिजालले दुल्लू नगरक्षेत्रको सरसफाई र बजार अनुगमनको निम्ति ध्यानाकर्षणपत्र गराएकोमा धन्यवाद दिंदै सुझाव अनुसार काम गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले इन्सेकले ग्रामीण बस्तीसम्म शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद बिरुद्ध क्रियाकलाप परिणामुखी भएको भन्दै प्रशंसा गर्नुभयो ।
ध्यानाकर्षण पत्र बुझाउन दुल्लू नगरपालिकामा गठित मानव अधिकार समूहका संयोजक दुर्गे नेपाली, सदस्यहरु सुशीला योगी, टेकबहादुर नेपाली, गीता सुनार, नरेश नेपाली, गीता नेपाली समेतको सहभागिता रहेको मानव अधिकार शिक्षा परियोजनाका जिल्ला सहजकर्ता कलमबहादुर नेपालीले जानकारी दिनुभयो ।
अमर सुनार
सम्बन्धित इन्सेक गतिविधिहरू
गण्डकीमा बाल अधिकार समूहको प्रदेशस्तरीय सञ्जाल बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा गण्डकी प्रदेशमा बाल अधिकार समूहको प्रदेशस्तरीय सञ्जाल बैठक फागुन ४ गते सम्पन्न भएको छ । बैठकमा बाल अधिकार समूहहरूको कार्यप्रगति समीक्षा गर्दै आगामी योजनाका…
गण्डकीमा मानव अधिकार समूह परिचालन बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा प्रदेशस्तरीय मानव अधिकार समूह परिचालन बैठक फागुन ४ गते सम्पन्न भएको छ । बैठकमा समूहको कार्यप्रगति समीक्षा गर्दै आगामी योजनाका विषयमा छलफल गरिएको थियो…
मानव अधिकार समूहद्वारा वडालाई ध्यानाकर्षण पत्र
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशद्वारा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहले कपिलवस्तु नगरपालिकाका-१ का वडा अध्यक्ष जाहिंद खानलाई फाल्गुन १ गते ध्यानाकर्षण पत्र बुझाएको छ । मानव अधिकार…
बाल अधिकार सचेतना समूहद्वारा कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित श्री हिरा फेक्नी माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले ०८१ माघ २४ गते कार्ययोजना बैठक सम्पन्न गरेको छ ।…
जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा इन्सेक चयन
जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ताप्लेजुङलाई सदस्यमा चयन गरिएको छ । सञ्जालको सदस्यमा इन्सेक ताप्लेजुङ, प्रतिनिधि एलिना दियाली चयन हुनु भएको हो । जिल्ला प्रहरी…