सरकारी सेवाबारे सेवाग्राहीलाई जानकारी
स्वास्थ्य, कृषि र पशु सेवा कार्यालयले दिने सेवा सुविधाबारे सेवाग्राहीहरूलाई जानकारी दिइएको छ । इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने इएलपी कार्यक्रम अन्तर्गत जेठ २७ गते घोराहीमा भएको सेवा प्रदायक निकाय र सेवाग्राहीबिचको जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।
कार्यक्रममा गाविसस्तरीय मानव अधिकार निगरानी समूह, युवा समूह तथा बाल अधिकार चेतना समूहका पदाधिकारीहरूले शिक्षा, स्वास्थ्य र खाद्यअधिकारमा देखिएका समस्याहरू राखेका थिए ।
उनीहरूले विद्यालयमा खानेपानी, प्राथमिक स्वास्थ्य सेवा, पाठ्यपुस्तक अभाव, शिक्षक दरबन्दी अपुगलगायतका समस्या राखेका थिए । त्यस्तै वर्खे बाली लगाउने मौसम आएकाले उन्नत वीउ, रासायनिक मल, जैविक विषादी तथा पशु कृत्रिम गर्भाधानलगायतका विषयमा जिज्ञाशा राखेका थिए ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम पोख्रेलले आगामी असारभित्रै स्वास्थ्य सेवाका जिम्मेवारी स्थानीय तहमा हस्तान्तरण गर्न लागिएको जानकारी दिँदै जनस्वास्थ्य कार्यालयबाट हाल नागरिकलाई दिनसक्ने सेवा र सुविधामा आफूहरू गम्भीर रहेको बताए ।
उनले जनस्वास्थ्य कार्यालयबाट विद्यालयमा प्राथमिक स्वास्थ्य उपचारका सामग्री वितरण गर्ने कुनै कार्यक्रम नभएको उल्लेख गर्दै आवश्यक परे सम्बन्धित स्वास्थ्य चौकीबाट सेवा लिन आग्रह गरेका थिए । उनले विद्यालयमा छात्राहरूलाई 'प्याड' वितरण भन्दा प्याड बनाउने सीप दिन जरूरी रहेको भन्दै त्यसका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
दाङमा वर्षेनी १४ हजारले गर्भधारण गरेको पाइएको भन्दै ३ हजारले गर्भपतन गराउने जानकारी दिए । उनले अस्थायी साधनका बारे सेचतना फैलाउनुपर्नेसमेत बताए ।
जिल्ला कृषि विकास कार्यालयका माटो विज्ञ दिगम्वर यादवले कृषि उत्पादनका लागि जिल्लामा पकेट क्षेत्रदेखि प्रधानमन्त्री सुपर जोनसम्मका कार्यक्रम सञ्चालन गरिएको भन्दै आवश्यक सेवाका लागि कृषकहरूलाई पनि चनाखो हुन आग्रह गरे ।
उनले सित्तैँमा पाए जे पनि लिने तर ५० प्रतिशत छुट दिँदा वीउ विजनसमेत लिन कृषकहरूले आनाकानी गर्नाले समस्या आएको बताए । उनका अनुसार गुणस्तरयुक्त, उन्नत वीउका बारे सिजनअनुसार स्थानीय पत्रपत्रिका, रेडियोमार्फत जानकारी दिने गरेको उल्लेख गर्दै त्यससम्बन्धमा चासो राख्नसमेत कृषकहरूलाई आग्रह गरे ।
त्यसैगरी जिल्ला पशुसेवा कार्यालयका अधिकृत निमकुमार आचार्यले भाले जातिका पुशपंक्षी पालेर कृषकहरूको आर्थिक भार घटाउन कृत्रिम गर्भाधानको कार्यक्रम ल्याइएको उल्लेख गर्दै कृषकले समयान्तरलाई ख्याल नगरे यसको प्रभावकारितामा समस्या आउने बताए । त्यसका लागि वास्तविक किसान र गाईवस्तुको स्याहारमा लाग्ने प्राविधिकहरूलाई सचेत गराउन आवश्यक रहेको बताए ।
जे.एन.सागर
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत मनहरी गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि मनहरी गाउँपालिकामा गठन भएको मानव अधिकार समूहले मनहरी गाउँपालिकाको अध्यक्षलाई ज्ञापन पत्र बुझाएको…
लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नु आवश्यकः उपाध्यक्ष चौँलागाईँ
बागमती प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौँलागाईँले लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नलाई तयार रहन युवा वर्गलाई अनुरोध गर्नु भएको छ । गैरसरकारी संस्था महासङ्घ, मकवानपुरको आयोजना, हेटौँडा उपमहानगरपालिका र…
बाल अधिकार चेतना समूहद्वारा जनचेतनामूलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र बेलौरी नगरपालिका–२ गोकुलपुरस्थित श्री लक्ष्मी माध्यमिक विद्यालय र बेलौरी नगरपालिका–३ खिरीयास्थीत श्री जनजागृती पुष्पलाल स्मृती माध्यमिक विद्यालयमा गठित बाल अधिकार…
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बाल अधिकार चेतना समूहद्वारा सडक नाटक प्रर्दशन
कैलारी गाउँपालिकास्तरीय मानव अधकार समूह, बाल अधिकार चेतना समुह र जनकल्याण माध्यामिक विद्यालयको संयुक्त आयोजनामा बाल अधिकार चेतना समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर २१ गते सडक…
मानवअधिकारको पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
गण्डकी प्रदेश सरकार, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेशको संयुक्त आयोजनामा मङ्सिर २० गते पोखरामा मानवअधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न…