सरकारी निकायको ढिलासुस्तीले भूकम्प पीडितको राहत पाउन समस्या

सरकारी निकायको ढीलासुस्तीका कारण राहत पाउन समस्या भएको भूकम्प पीडितले गुनासो गरेका छन् । इन्सेक सिन्धुपाल्चोकको आयोजनामा जेठ ५ गते चौतारा साँगाचोकगढी नपा-६ स्थित गौरातीमा आयोजित भूकम्प पछिको पुनर्निर्माणको अवस्था विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा उपस्थित भूकम्प पीडितहरूले यस्तो गुनासो गरेका हुन् ।

photo20180519sindhupalchok (1) photo20180519sindhupalchok (2)

आफूले निरन्तर भूकम्प पीडितको समस्या लिएर विभिन्न सरकारी निकायमा जाँदा कर्मचारीको ढिलासुस्तीका कारण राहत उपलब्ध गराउन कठिनाइ परेको वडा अध्यक्ष तोकबहादुर तामाङले बताए ।

कार्यक्रममा आफ्ना समस्या राख्ने अधिकांश भूकम्प पीडितहरूले दोस्रो र तेस्रो किस्ता पाउन झञ्झटिलो भएको साथै पहिलो किस्ता लिन छुटेकाहरूले गुनासो फारम भरेकोमा हालसम्म नआएको भनाइ राखेका थिए । रेडियो सुनकोशीले कार्यक्रमको प्रत्यक्ष प्रसारण समेत गरेको थियो ।

नातिबावु धिताल