सम्झौता प्रक्रिया पीडितको पक्षमा नभएको पीडितको गुनासो
लाभग्राहीको सूचीमा समावेश भएका भूकम्प पीडितले राहत अनुदान सम्झौता प्रक्रिया पीडितको पक्षमा नभएको गुनासो गरेका छन् ।
उनीहरूले गुठीको जग्गा, मोहीयानी हक र अङ्श बण्डाको समस्याले अनुदान सम्झौतामा समस्या रहेको भन्दै वास्तविक पीडितले राहत पाउने अवस्था नभएको गुनासो गरेका हुन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना तथा चाँगुनारायण नगरपालिका र मानव अधिकार सञ्जालको समन्वयमा मङ्सिर १३ गते चाँगुनारायणमा आयोजित भूकम्प पीडितका लागि राहत तथा पुनर्निर्माणको सवाल विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा चाँगुनारायण नपा-१ छालिङ्की पुतली बाटाले भूकम्पले घर भत्काएपछि बस्ने थलो नुहँदा ढेड वर्षदेखि छाप्रोमा बस्दै आएपनि अझै आफ्नो समस्या समाधान नभएको गुनासो गरिन् ।
पतिले अर्की पत्नी ल्याएर हिँडेको र भूकम्पले घर भत्काएपछि लालपूर्जाको मञ्जुरीनामा माग्दा पतिले नदिएको आरोप लगाइन् । मञ्जुरीनामा नदिँदा अनुदान सम्झौता हुन नसकेको भन्दै आफूलाई न्याय दिलाइदिन उनले इन्सेकसँग आग्रह गरिन् । अहिले आफू घर न घाटको भएको उनको गुनासो छ ।
छालिङ्कै बुद्धराम बाटाले लालपूर्जा अनिवार्य गर्दा धेरै भूकम्प पीडितले सरकारले दिने अनुदान पाउनबाट वञ्चित हुनुपर्ने अवस्था आएको गुनासो गरे ।
कार्यक्रममा चाँगुनारायण-२ का दिनेश लागेजुले वडा कार्यालयमा सम्झौताका लागि कागजी समस्या बढी देखाएर झुलाउने गरेको आरोप लगाए । छालिङ्गकी विमला नगरकोटीले ५० हजार रुपियाँको अनुदान रकमले घरको जग हाल्नसम्म नपुग्ने भन्दै घर बनाउन नसक्दा कसरी दोस्रो किस्ता लिने भन्दै आक्रोस पोखिन् ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ भक्तपुरका उपाध्यक्ष सोम शर्मा बजगार्इंले भूकम्प पीडितका साना र सामान्य समस्याहरू पनि समाधान नभएको गुनासो बढ्नु सकरात्मक नदेखिएको भन्दै प्राविधिक र नीतिगत समस्या समाधानका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका प्रतिनिधि सुभद्रा काफ्लेले भूकम्प पीडित लाभग्राहीको सूचीमा धेरै पीडितको नाम छुटेकोले विवरण थप गर्न माग गरिन् । उनले नगरपालिकाले अनुदान सम्झौता कार्य छिटो गरिरहेको भएपनि भूकम्प पीडितका जग्गाका विभिन्न समस्याका कारण सूचीमा विवरण उल्लेख भएका लाभग्राहीको सम्झौता नहुने अवस्था रहेकाले उनीहरूको समस्या समाधान र माग छिटो सम्बोधन गर्न सम्बन्धित निकायले चासो दिनुपर्ने बताइन् ।
सम्बन्धित इन्सेक गतिविधिहरू
नवनिर्वाचित जनप्रतिनिधिलाई मानव अधिकार अभिमुखीकरण
शिवपुरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि सञ्चालन गरिएको दुई दिने ‘जनप्रतिनिधिहरूका लागि मानव अधिकार, महिला तथा तथा लैङ्गिक हिंसासम्बन्धी तालिम’ साउन १७ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका–७ सुनखानी गाउँपालिका–८…
सडक मानवरहित बनाउने जिल्ला समितिमा इन्सेक प्रतिनिधि
जिल्लाका सडक मानवरहित बनाउने अभियानलाई सफल पार्न प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संरक्षत्वमा एक समिति गठन गरिएको छ । समितिमा इन्सेक सुनसरीलाई प्रतिनिधिका रूपमा राखिएको छ । जिल्लालाई सडक मानवरहित…
किशोरीहरूका लागि आत्मरक्षा सीप जीवन उपयोगी: उपाध्यक्ष
भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्का थापाले किशोरीका लागि आत्मरक्षा सीप जीवन उपयोगी भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा साउन ४ गते दैलेखको…
नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा सुर्खेतमा आयोजित नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम असार ३१ गते सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा सुर्खेतका प्रमुख…
मानव अधिकार समूहद्वारा मृतक परिवारलाई खाद्यान्न सहयोग
इन्सेकद्वारा गठित मानव अधिकार समूह बाणगंगाले मृतक परिवारलाई असार २९ गते खाद्यान्न सहयोग गरेको छ । बाणगंगा नगरपालिका– ११ दक्षिण चेतियाकी ६१ वर्षीया मृतक घौघी थारूको परिवारलाई समूहका अध्यक्ष इन्दिरा…