समीक्षा तथा आगामी कार्ययोजना र मुख्य समस्या सम्बन्ध बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक ) काे आयाेजनामा ०८० फागुन १४ गते बटेश्वर गाउँपालिकाका मानव अधिकार समूहले स्थानीय तहकाे समीक्षा तथा अगामि कार्ययोजना र मुख्य समस्या विषयक बैठक सम्पन्न गरेको छ। बैठक बटेश्वर गाउँपालिकाकाे मानव अधिकार समूहको अध्यक्ष सुरज महताेकाे अध्यक्षतामा सम्पन्न भयाे ।
बैठकमा शिक्षा, स्वास्थ्य, वातावरण, जातिय विभेद, दाइजाे प्राथा, महिला हिंसा र सबै प्रकारका मुख्य समस्याहरुकाे पहिचान गरी साे काे समाधान तथा न्यूनीकरणकाे रणनीतिक कार्ययोजनाका सम्बन्धमा बैठक बसेर निर्णय गरिएको छ । उक्त बैठकमा गाउँपालिकाका समस्याहरुकाे समाधानका लागि प्रदेश र स्थानीय तहकाे सम्बन्धित सराेकारवाला निकायमा ध्यानाकर्षण पत्र बुझाउने मानव अधिकार समूहका सदस्यहरूले निर्णय गर्नुका साथै समस्या समाधानका लागि विगतको कार्ययोजना बमोजिम सम्पन्न गर्ने निर्णय गरिएको समूहका अध्यक्ष सुरज महताेले जानकारी दिनु भयो । अध्यक्ष महताेले बटेश्वर गाउँपालिकाभित्र जुनसुकै ठाउँमा परेका समस्या विरूद्ध जागरण अभियानका साथै मानव अधिकार र वातावरण संरक्षणको अभियान सञ्चालन गरिने बताउनु भयो ।
त्यस्तै, स्थानीय तहसँग समन्वय गरी शिक्षा, स्वास्थ्य, वातावरण अधिकार तथा जातीय विभेद सम्बन्धि सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने मानव अधिकार समूहका अध्यक्ष सुरज महताेले बताउनु भयो ।
सन्तोष कुमार यादब
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहद्वारा शम्भुनाथ नगरपालिका शिक्षा शाखा प्रमुखलाई ध्यानाकर्षण पत्र
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा शम्भुनाथ नगरपालिकामा गठित नगर स्तरीय मानव अधिकार समूहले शम्भुनाथ नगरपालिकास्थित शिक्षा शाखा प्रमुख बिदुर विक्रम थापालाई ०८१ मङ्सिर २४ गते ध्यानाकर्षण पत्र बुझाएको छ। नगर…
वातावरण र मानव अधिकारको अवस्था विषयक सार्वजनिक सुनुवाई सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजना र कायापलटको सहकार्यमा वातावरण र मानव अधिकारको अवस्था विषयक सार्वजनिक सुनुवाई कार्यक्रम ०८१ मङ्सिर २६ गते जनकपुरधाममा सम्पन्न भएको छ । डिसिए…
मानव अधिकार रक्षकहरुको अधिकारसम्बन्धी मस्यौदा विधेयक मुख्यमन्त्रीलाई बुझाइयो !
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का संस्थापक अध्यक्ष सुशिल प्याकुरेल र इन्सेक सुदूरपश्चिम प्रदेशका संयोजक खडकराज जोशी सहितको टोलीले सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर मानव अधिकार रक्षकहरुको अधिकारसम्बन्धी मस्यौदा विधेयक…
‘संक्रमणकालिन न्याय र अबको बाटो’ विषयक अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा ‘संक्रमणकालिन न्याय र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रम ०८१ मङ्सिर २६ गते धनगढीमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा…
लैङ्गिक हिंसा विरुद्ध प्रभात र्याली र सचेतना कार्यक्रम सम्पन्न
चौतारा सागाचोकगढी नगरपालिकाको आयोजना तथा इन्सेकको समन्वय तथा ब्यवस्थापनमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन कार्यक्रम अन्तर्गत (डिसेम्वर १० मा) ०८१ मङ्सिर २५ गते चौतारा सागाचोकगढी नपा १२ मा…