समाजको विकाश एवम् परिवर्तनमा समाजिक संस्थाहरूको भूमिका महत्वपुर्णः सरोकारवाला
समाजको विकाश एवम् परिवर्तनमा समाजिक संस्थाहरूको भूमिका महत्वपुर्ण रहेको ललितपुर र काठमाडौँमा आयोजित एकै विषयको छुट्टाछुट्टै कार्यक्रमका वक्ताहरूले बताएका छन् ।
युएसएआइडी र एफएचआई ३६० को सहयोग तथा गैरसरकारी संस्था महासङ्घ जिल्ला शाखाको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा आयोजित समाजिक संस्थाको सुशासन एवम् जबाफदेहितासम्बन्धी कार्यक्रममा विचार राख्ने वक्ताहरूले यस्तो कुरा बताएका हुन् ।
काठमाडौँमा आयोजित कार्यक्रममा गैरसरकारी संस्था महासङ्घका केन्द्रीय सदस्य डिल्लीप्रसाद घिमिरेले सङ्घ, प्रदेश र स्थानीय तहले बनाउने कानुनहरू समाजिक संस्थामैत्री हुनपर्ने बताएका छन् । सो अवसरमा उनले समाजको परिर्वतन एवम् विकासमा महत्वपुर्ण योगदान दिइरहेका समाजिक संस्थाहरू आफैँ सुशासित हुनुपर्ने धारणासमेत राखेका छन् ।
ललितपुरमा आयोजित कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ ललितपुरका अध्यक्ष रामहरी घिमिरेले समाज कल्याण परिषद नै खारेज गर्नुपर्ने बताए । समाजिक संस्था दर्ता ऐन परिवर्तन गनुपर्ने बताउँदै उनले परिषद अहिलेको समय अनुसार आवश्यक नभएकाले खारेज गर्नुपर्ने बताएका हुन् ।
सो अवसरमा छलफलका लागि आधारपत्र प्रस्तुत गर्दै घिमिरेले समाजिक संस्था जुन ठाउँमा दर्ता हुन्छ त्यही ठाउँबाट नविकरणको समेत व्यवस्था हुनुपर्ने बताए । उनले भने-'विभिन्न ठाउँमा नविकरण गर्नुपर्ने झन्झट हटाउनुपर्छ ।'
इन्सेक क्षेत्रीय कार्यालयका कार्यक्रम संयोजक गणेश भण्डारीले समाजिक संस्था समाजका लागि आवश्यक भएको बताउँदै समाजमा रहेका विकृति बिसङ्गती हटाउनमा महत्वपुर्ण योगदान गरिरहेको बताए ।
कार्यक्रममा गैरसरकारी संस्थाको सवलीकरणका लागि सञ्चालित परियोजनाकी प्रमुख शर्मिला खतिवडा, इन्सेक केन्द्रीय कार्यालयका रमेशप्रसाद तिमल्सिना लगायतले गैरसरकारी संस्थालाई सरकारको साझेदारका रूपमा लिएर सरकारी कार्यालय अघि बढ्नुपर्ने विचार राखेका थिए ।
सुभाष साह
सम्बन्धित इन्सेक गतिविधिहरू
भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि
ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना…
इन्सेकद्वारा उपचारमा आर्थिक अभाव झेलेका बालकलाई आर्थिक सहयोग
आर्थिक अभावका कारण डिस्चार्ज भएर घर जानसमेत समस्यामा परेका बैतडीका १४ वर्षीय रोशन धामीलाई इन्सेकले आर्थिक सहयोग गरेको छ । इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले पुस २७ गते पीडितलाई…
बलात्कार पीडित बालिकालाई इन्सेकको सहयोग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बलात्कार घटनाकी पीडित १५ वर्षीया बालिकालाई पुस २८ गते सुरक्षित गृहमा नै गएर स्याहार सुसार र स्वास्थ्य उपचारका लागि नगद १० हजार रुपियाँ सहयोग…
इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि सम्मानित
मानव अधिकार र उपभोक्ता अधिकारको क्षेत्रमा लामो समयसम्म काम गर्दे आउनुभएकी इन्सेक रुपन्देही र प्रतिनिधि रीमा बिसी सम्मानित हुनुभएको छ । उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशले व्यवसाय र मानव…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
मगुुको खत्याड गाउँपालिका–१ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–४, खोर्के खोलामा बस्दै आउनुभएकी ३५ वर्षीया रपदमकन्या चौलागाईलाई इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले ०८१ पुस २६ गते आर्थिक अवस्था कमजोर भइ…