समस्या पहिचान तथा सिफारिस संयन्त्रसम्बन्धी तालिम सम्पन्न
मनहरी गाउँपालिका वडा नं. ४ मा समस्या पहिचान तथा सिफारिस संयन्त्रसम्बन्धी तालिम सम्पन्न भएको छ ।
अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तिकरण कार्यक्रम (रिन्यु परियोजना) सञ्चालन भइरहेको मनहरी गाउँपालिकामा ०८० असार १२ गते भएको तालिममा महिला, मोटिभेटर तथा बाल समूहका पदाथिकारी तथा महिला वडा सदस्यहरू लगायतको सहभागिता रहेका थियो ।
तालिममा महिला हिंसा बालबालिकामाथि गरिने दुर्व्यवहार तथा यससँग सम्बद्ध समुदायसँग जोडिएका समस्याहरू, वडा तथा स्थानीय तहले गर्ने सिफारिस प्रक्रिया लगायतको विषयमा सम्पूर्ण सहभागीहरूलाई प्रशिक्षण गरिएको थियो यसैगरी तालिममा बाल अधिकार के हो र बालिबालिकाको विकास र निर्णय प्रकृयामा अर्थपूर्ण सहभागिताका लागि समन्वय गर्नु पर्ने स्थानीय तहका सरोकारवाला निकायहरू लगायत बाल बालिका सम्बन्धी ऐन २०७५ मा व्यवस्था गरिएको बालबालिकाहरूको सहभागिता शिक्षा स्वास्थ्य र सामाजिक विकासमा गरिनु पर्ने आधारभूत दायित्वका विषयहरूमा कार्यक्रम अधिकृत कृष्ण प्रसाद नेपालले सहजिकरण गर्नु भएको थियो ।
यसैगरी, दलित, अल्पसङ्ख्यक र अपाङ्गता भएका तथा विपन्न वर्गका बालबालिका शिक्षाको पहुँच भन्दा बाहिर रहेका र बाल हिंसा र दुर्व्यवहार पीडित हुनु परेको र अधिकांश यस्ता बालबालिकाहरूले बिचमै पढाई छोड्ने समस्या रहेको हुँदा उनीहरूलाई विद्यालयमा टिकाउन स्थानीय सरकारको दायित्व र व्यवस्था बारेमा पनि छलफल भएको थियो ।
साथै कार्यक्रका सहभागीले अझै पनि समूदायमा बाल बालिकाले हिंसा र दुर्व्यवहारबाट पीडित हुनु परेको र त्यसको बारेमा पहिचान नहुँदा कानुनी उपचारमा पीडित महिला पुग्न नसकेको बताएका थिए । मनहरी गाउँपालिका वडा नं. १, ३, ४ र हेटौँडा उपमहानगरपालिका-१९ मा अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तिकरण कार्यक्रम (रिन्यु परियोजना) सञ्चालन भइरहेको छ ।
इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा
सम्बन्धित इन्सेक गतिविधिहरू
जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ…
बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ माघ २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,…
भूकम्प सुरक्षा दिवसका अवसरमा विपत् न्यूनिकरणका विषयमा छलफल
भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत विपत् जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त शिक्षिका/शिक्षकहरूले जोखिम…
भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि
ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना…
इन्सेकद्वारा उपचारमा आर्थिक अभाव झेलेका बालकलाई आर्थिक सहयोग
आर्थिक अभावका कारण डिस्चार्ज भएर घर जानसमेत समस्यामा परेका बैतडीका १४ वर्षीय रोशन धामीलाई इन्सेकले आर्थिक सहयोग गरेको छ । इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले पुस २७ गते पीडितलाई…