समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न
इन्सेक र मानव अधिकार समूह कपिलवस्तुको आयोजनामा भदौ २८ गते समस्या पहिचान तथा कार्ययोजना बैठक कपिलवस्तु नगरपालिकाको – ३ को मालटोलमा सम्पन्न भएको छ ।
समूहले कपिलवस्तु नगरपालिकामा शिक्षा, स्वास्थ्य, वातावरण र लैंगिक विभेदसम्बन्धी समस्या पहिचान तथा कार्ययोजना तयार पारेको छ ।
मानव अधिकार समूहले शिक्षा क्षेत्रका विद्यालयमा भएका अनिमियता, अवधी भाषा, गुणस्तरिय शिक्षा , यौन शिक्षालाई पठ्यक्रममा समावेश गरिनुपर्ने, विद्यालयका शिक्षकहरूलाई मनोसामाजिक शिक्षा हुनुपर्ने , बिषयगत शिक्षक हुनुपर्ने, समसामयिक बिषयमा अतिरिक्त क्रियाकलाप हुनुपर्ने कार्ययोजना भएका छन् ।
यस्तै, वातावरण संरक्षणमा कुहिने र नकुहिने बस्तुको व्यवस्थापनका लागि नगरपालिकालाई समूहले ध्यानाकर्षण गर्ने , प्लाष्टिकको न्यूनिकरणको लागि स्थानीय उत्पादनमा पवद्र्धन, छाडाचौपाया व्यवस्थापनका लागि जिल्ला प्रसासन कार्यालयको ध्यानाकर्षण गराउने कार्ययोजना बनाएको छ ।
स्वास्थ्य क्षेत्रमा स्वास्थ्य बिमा सेवा प्रभावकारी नभएको, सेवा प्रवाह छिटो र छरिटो नहुनु, स्वास्थ्यमा किशोरकिशोरी मैत्री सेवा हुनु पर्ने , प्रत्येक वडामा मनोविमर्शकर्ताको व्यवस्थापन हुनुपर्ने लगायतका समस्या पहिचान भएका छन् ।
वातावरणको अधिकारमा खुलादिशा मुक्त कार्यान्वयनको अनुगमन प्लाष्टिक व्यवस्थापन हुनुपर्ने , नगरपालिकाले फोहोर व्यवस्थापन गर्न छुट्टै निती बनाउनु पर्ने , नागरिकको अधिकार र कतव्र्यबोध गराउनु पर्ने कार्ययोजनाहरू बनाइएका छन् ।
यस्तै शौचालय, खानेपानी र बिद्यालयमा बिद्यार्थीहरु निरन्तर नहुनु र पालिकाको बिद्यालयहरुमा शुद्ध पिउने पानीको समस्याहरुको कार्ययोजना निर्माण गरेका छन् ।
स्वास्थ्य क्षेत्रमा सरकारले दिने निःशुल्क औषधी प्रर्याप्त मात्रामा उपलब्ध नहुनु, स्वास्थ्य सम्बन्धी सचेतनामा कमि , सरकारले दिने स्वास्थ्य सेवा बारे नागरिकलाई जानकारी नहुनु र नगरपालिका खुला दिशा मुक्त भए पनि शहरी क्षेत्रमा शौचालय नभएका कारण वातावरण दुर्गन्धित भएको, फोहोर व्यवस्थापन हुन नसक्नु, स्थानीय तहले वातावरण सम्बन्धी कानुन बनाउन नसकेको जस्ता समस्या पहिचान गरेका थिए ।
यस्तै समस्या समाधानका लागि वातावरण सम्बन्धी कानुन बनाउन डेलिगेसन जाने, शौचालय नभएका घरधुरी सर्बेक्षण गर्न ध्यानाकर्षण पत्र बुझाउने , विद्यालय, स्वास्थ्य चौकीमा अनुगमन गर्ने, हिंसामा परेका महिला बालबालिकालाई सहयोग गर्ने र नगपालिकासँग समन्वय सहकार्य गर्ने गरी कार्ययोजना बनाएको समूहका अध्यक्ष रेग्मीले बताउनु भयो ।
पार्वती आचार्य
सम्बन्धित इन्सेक गतिविधिहरू
लैङ्गिग हिंसा विरुद्धको १६ दिने अभियान को अवसरमा सामुदायिक वनमा लैङ्गिग हिंसाको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
लैङ्गिग हिंसा विरुद्धको १६ दिने अभियान को अवसरमा कावासोतीमा सामुदायिक वनमा लैङ्गिग हिंसाको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम २०८० मङ्सिर २३ गते सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको…
बाल अधिकार समूहद्वारा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक र्याली
देवचुली – ९ मा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा इन्सेकद्वारा गठित कालिका बाल अधिकार समूह ले २०८० मङ्सिर २२ गते सचेतनामूलक र्याली निकालेका छन् । कालिका माध्यमिक विद्यालयको…
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बाल अधिकार चेतना समूहद्वारा सडक नाटक प्रर्दशन
इन्सेकको सहयोगमा कैलारी गाउँपालिकास्तरीय मानव अधकार समूह, बाल अधिकार चेतना समूह र राष्ट्रिय माध्यामिक विद्यालयको संयुक्त आयोजनामा बाल अधिकार चेतना समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर २२…
अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
७५ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा मानवअधिकार महाभेला गण्डकी प्रदेश, राष्ट्रिय मानव अधिकार आयोग र गण्डकी प्रदेश सरकारको आयोजनामा मङ्सिर २२ गते पोखरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा…
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत मनहरी गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि मनहरी गाउँपालिकामा गठन भएको मानव अधिकार समूहले मनहरी गाउँपालिकाको अध्यक्षलाई ज्ञापन पत्र बुझाएको…