समन्वयकारी भूमिकालाई प्रभावकारी बनाउने प्रतिबद्धता
जिल्ला समन्वय समिति सुर्खेतका अध्यक्ष छविलाल सिग्देलले जिल्लामा शिक्षा, स्वास्थ्य, कृषि तथा खाद्य अधिकारका सवालमा देखिएका समस्याहरूलाई न्यूनीकरण गर्न समन्वयकारी भूमिकालाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् ।
इन्सेक सुर्खेतको आयोजनामा चैत १६ गते सम्पन्न जिल्ला स्तरीय बहस/सम्वाद कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि र खाद्य अधिकारको बारेमा सहभागीहरूले उठाएका सवालहरूको जबाफ दिँदै अध्यक्ष सिग्देलले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
'कानुनको अभावमा जिल्ला समन्वय समितिको अधिकार क्षेत्र निर्धारण नगरिँदा जिल्लामा देखिएका सबैखाले समस्याहरूको न्यूनीकरण गर्न असहज भएको छ ।'-अध्यक्ष सिग्देलले भने-'स्थानीय स्वायत्त शासन ऐन तथा कार्यविधि निर्माण भएलगत्तै शिक्षा, स्वास्थ्य, कृषि र खाद्य अधिकारको क्षेत्रमा जिल्लामा देखिएका समस्याहरूलाई न्यूनीकरण गर्न प्रभावकारी कदम चालिनेछ ।'
सहभागीहरूले चालु आर्थिक वर्षदेखि जिल्लामा लागु भएको 'किशोरी आईरन चक्की' वितरण कार्यक्रम हालसम्म सञ्चालनमा नल्याइएको, क्षेत्रीय अस्पताल व्यवस्थापन समितिले अस्पतालमा एम्बुलेन्स प्रवेशमा शुल्क लिने गरेको, सामुदायिक विद्यालयहरूका छात्राहरू असुरक्षित बन्दै गएको, बढदो बालविवाहका कारण शैक्षिक गुणस्तर खस्कँदै गएको, सडकलगायतका विकास निमार्णका कार्यहरूमा अनियमितता हुने गरेको र बजार अनुगमनको अभावमा कालोबजारीले प्रश्रय पाउनुको साथै स्थानीयबासी सुरक्षित खाद्य पदार्थ उपभोग गर्नबाट वञ्चित हुनुपरेका जस्ता समस्याहरू रहेको उल्लेख गरेका थिए ।
दुर्गा थापा
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल अधिकार सचेतना समूह परिचालन कोष हस्तान्तरण
जानकी गाउँपालिका–४ मा रहेको जानकी माध्यमिक विद्यालयमा इन्सेकले ०८१ माघ २५ गते बाल अधिकार सचेतना समूह परिचालन कोष हस्तान्तरण गरेको छ । उक्त बाल अधिकार समूहले बाल अधिकार सम्बन्धी हाजिरी…
गुल्मीमा विद्यालय बाहिरका २ सय ४४ किशोरीले एचपिभी खोप लगाउँदै !
तम्घासका आठ सडक बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइएको छ । रेसुङ्गा नगरपालिकाको स्वास्थ्य संयोजक मञ्जु घर्ति मगरका अनुसार जन्मदर्ता नभएका र विद्यालयभन्दा बाहिर रहेको बालिकाहरूलाई खोप लगाइएको…
मानव अधिकार रक्षकको सुरक्षाका लागि कानुन निर्माण गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षणका लागि कानुन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले तयार पारेको…
बाल अधिकार चेतना समूहद्वारा बाल विवाहविरुद्ध सडकनाटक प्रदर्शन
इन्सेकको सहयोगमा घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयस्तरीय बाल अधिकार चेतना समूहले बाल विवाहविरुद्ध जनचेतना फैलाउने उद्देश्यले ०८१ माघ २१ गते सडकनाटक प्रदर्शन गरेको छ । दशरथ माध्यामिक विद्यालयका पधानाध्यापक…
प्रदेश स्तरीय मानव अधिकार रक्षक अभिमुखीकरण कार्यक्रम सुरु
यूरोपियन युनियनको सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा मानव अधिकार रक्षकका लागि ०८१ माघ २१ गतेदेखि नेपालगञ्जमा दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । उक्त…