समग्र विकास नै मानवअधिकार होः डा.अर्याल
मानवअधिकारका बारेमा फरकफरक धारणा आउने भएतापनि विकास र मानवअधिकार एकै सिक्काका पाटाहरु रहेको र समग्र विकास नै मानवअधिकार रहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा.कुन्दन अर्यालले बताउनुभयो ।
म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको आयोजना तथा इन्सेकको समन्वयमा भएको मानवअधिकार र मानवअधिकार सम्बन्धि पाँचौं राष्ट्रिय कार्ययोजना विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्यालले मानवअधिकारको परिभाषा व्यापकु हुने बताउँदै अहिलेको हाम्रो विकास पनि मानवअधिकार रहेको बताउनुभएको हो । उहाँले मानव परिवार सबै सदस्यहरुको अन्तरनिहित मान तथा सम्मान र अविछिन्न अधिकारको मान्यता नै स्वतन्त्र न्याय र शान्तिको आधार पनि मानवअधिकारको विश्वव्यापी घोषणापत्रमै उल्लेख भएको उहाँले तर्क गर्नुभयो । मानवअधिकार सम्बन्धि पाँचौं कार्ययोजनाले तोकेको कार्य गर्ने स्थानीयतह सम्मकै जिम्मेवारी रहेकोले उनीहरुको भूमिकालाई पनि हामीले भुल्न नहुने उहाँले बताउनुभयो ।
मुलुकको विकास भएको खण्डमा हरेक क्षेत्रमा सहभागिता पनि बढ्दै जाने भएको हुनाले विकास आर्थिक विकास मात्र नभएर बहुआयामिक प्रकृया भएकोले लाभको न्यायोचित वितरण हुनु पर्ने उहाँको भनाई थियो । विकसति मुलुकहरुमा महिलाहरुको सहभागिता हरेक क्षेत्रमा मजबुत हुने तर्फ इंगित गर्दै उहाँले भन्नुभयो जब विकास हुन्छ तब सहभागिता अनि प्रतिस्पर्धा पनि हुन्छ त्यसैले हरेक लाभको न्यायोचित वितरण हुनु पर्दछ ।
जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले मानवअधिकारका सन्दर्भमा हामीले वकालत गर्दै गर्दा प्रवासमा रहेका नागरिकको अधिकारका विषयमा पनि बोल्नु पर्ने बताउनु भयो । उहाँले बैदेशिक रोजगारीमा जाँदा भोग्नु पर्ने पीडा र समस्याहरुलाई पनि मानवअधिकारमा जोडिनु पर्ने उहाँको तर्क थियो । जिसस प्रमुख थापाले संक्रमणकालिन न्याय चाँडो टुंगिनु पर्ने बताउनुभयो । साथै उहाँले स्थानीय तहहरुले टोलटोलमा सामाजिक सुरक्षा भत्ता वितरण गर्नुका साथै स्वास्थ्य परीक्षण जस्ता कार्यबाट पनि मानवअधिकारको प्रत्याभुति गर्ने कार्य भएको जानकारी गराउनु भयो ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले मानवअधिकार भनेको सँधै गरी रहने र कहिल्यै पनि हामीले पुरा गरिसक्यौं भन्न नमिल्ने अधिकार भएकोले यो सदावहार भै रहने बताउनुभयो । आफ्नो अधिकार पालना गर्दै अरुको अधिकार पनि जोगाउनु पनि मानवअधिकार भएकोले यो अधिकारका बारेमा सबैले ध्यान दिनु पर्ने उहाँको धारणा थियो ।
इन्सेकका गण्डकी प्रदेशका संयोजक शिवप्रसाद खकुरेलले मानवअधिकारको पाँचौं राष्ट्रिय कार्ययोजनाको सन्दर्भमा सहजीकरण गर्नुभएको थियो । उहाँले पाँचौं कार्ययोजनाको उद्देश्य तथा हाल सम्मका चार ओटा कार्ययोजनाले दिएको मार्गदर्शन र लक्ष्यले समग्र मुलुकको अग्रगमनका लागि सहयोगी भूमिका निर्वाह भएको बताउनु भएको थियो । इन्सेकले मानवअधिकारको अनुगमन पैरवी गर्नुका साथै सामाजिक न्यायाका लागि पनि भूमिका खेलेको धारणा राख्नु भएको थियो ।
अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनको अध्यक्षता भएको कार्यक्रममा इन्सेकका अध्यक्ष डा.कुन्दन अर्याल, गण्डकी प्रदेश संयोजक शिवप्रसाद खकुरेल तथा गण्डकी प्रदेशकी कार्यक्रम अधिकृत सबनम शर्मा, उपाध्यक्ष दिवा कुमारी तिजिला पुन, प्रमुख प्रशासकिय अधिृकत अमृत सुवेदीको जनप्रतिनिधिहरुको तर्फबाट वडा नम्बर ६ का अध्यक्ष रामबहादुर खड्का लगायत विभिन्न सरोकारवाला निकायको सहभागिता रहेको थियो ।
अमृतप्रसाद पौडेल
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा जानकी गाउँपालिकामा गठित स्थानीय तह स्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ माघ ११ गते सम्पन्न भएको छ । उक्त बैठकमा विगतमा भएको निर्णयको…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालको आयोजनामा मानव अधिकार सहायता कक्षको बैठक ०८१ माघ ८ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । हिंसा पीडितहरूका लागि स्थापना गरिएको मानव अधिकार…
जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ…
बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ माघ २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,…
भूकम्प सुरक्षा दिवसका अवसरमा विपत् न्यूनिकरणका विषयमा छलफल
भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत विपत् जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त शिक्षिका/शिक्षकहरूले जोखिम…