सभ्य समाज निर्माणको लागि हिंसा रहित वातावरण सिर्जना गरौः प्रजिअ ढकाल
बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले सभ्य समाज निर्माणको लागि घर घरमा हिंसा रहित वातावरण सिर्जना गर्नुपर्ने बताउनु भएको छ।
७४औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा नेपाल मानवअधिकार संगठन, इन्सेक बागलुङ र सामाजिक विकास कार्यालय बागलुङको सहयोगमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो।
वास्तविक हिंसा पीडितलाई अभियान र दिवसको बारेमा जानकारी समेत नहुने भन्दै प्रजिअ ढकालले यस्ता कार्यक्रमको बारेमा सबैलाई जानकारी हुनुपर्ने बताउनुभयो। महिला, बालबालिका, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको अधिकारको विषय विश्वमै प्रथम प्राथमिकतामा पर्ने भएपनि हाम्रो समाजमा पीडितले सहज अधिकार प्राप्त गर्ने वातावरण अझै नबनेको उहाँको भनाई थियो।
प्रजिअ ढकालले पीडितलाई न्याय दिलाउन, हिंसा हुन नदिनको लागि सबै सचेत हुनुपर्ने बताउनुभयो।
बागलुङ बजारको समिट र्याली सहित सुरु भएको कार्यक्रम जिल्ला प्रशासन कार्यालय बागलुङको प्राङगढमा पुगेर कोणसभामा परिणत भएको थियो।
कार्यक्रम नेपाल मानवअधिकार संगठन बागलुङका अध्यक्ष लक्ष्मी जिसी कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सिर्जना पन्त
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको बैठक तथा वडा स्तरमा मानव अधिकार समूह गठन सम्पन्न
गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक तथा वडा स्तरीय मानव अधिकार समूह गठन माघ १७ गते माछापुच्छ्रे गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा कार्यपालिका सदस्य जमुना पुनले समूहले घुम्ती बैठक…
मानव अधिकार समूह र स्थानिय सरोकारवालाहरूको क्षमता अभिबृद्धि तालिम सुरू
इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलबस्तु नगरपालिकाको तौलिहवामा दुई दिने मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम माघ १३ गते सुरू भएको छ । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका उपमेयर…
सूर्तिजन्य पदार्थ नियमनको मागराख्दै मानव अधिकार रक्षक सञ्जालको नगरप्रमुखलाई ध्यानाकर्षण
सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रणको माग राख्दै मानव अधिकार रक्षक सञ्जालले वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । वीरेन्द्रनगरमा माघ १० गते नमुना कर्णाली मानव अधिकार रक्षक सञ्जाल…
बाल अधिकार समूहका सदस्यहरूकालागि तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा बाल अधिकार समूहका सदस्यहरूकालागि दुई दिने बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम कपिलवस्तुमा माघ ११ गते देखि सुरूभएको छ…
मानवअधिकारकर्मीहरूसंगको अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका केन्द्रिय कार्यालय व्यवस्थापन प्रमुख शुभेच्छा खड्का, डिसिएका कार्यक्रम व्यवस्थापक बालकृष्ण कट्टेलले मानव अधिकारसम्बन्धि प्रगति प्रतिवेदन तथा मानवअधिकार सहायता कक्षबारे जानकारी लिनुभएको छ । इन्सेक मधेस…