सबैको तत्परताले शिक्षण सिकाइ प्रभावकारी हुने जिशिअको भनाइ
दैलेखका जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद अधिकारीले शिक्षक, विद्यार्थी र अभिभावक सबै पक्षको तत्परताले मात्र शिक्षण सिकाई प्रभावकारी हुने बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सरस्वती मावि तर्ताङ्मा जेठ २३ गते आयोजित 'विद्यार्थी र विद्यालय सवाल' विषयक अन्तरक्रियामा उनले भने-'शिक्षकले सिकाउने, विद्यार्थीले पढ्ने र अभिभावकले उचित वातावरण बनाए मात्र सिकाइ प्रभावकारी हुन्छ ।'
अधिकारीले शैक्षिक गुणस्तर सुधार्न बाल मनोविज्ञान बुझेर सक्दो धेरै नयाँ प्रविधि र सीप प्रयोग गरे अध्यापन कार्य रूचीकर बन्ने भएकोले विद्यार्थीमा लगनशीलता तथा सिक्न उत्सुकता पैदा गराउने आफ्नै शिक्षण अनुभव सुनाए ।
इन्सेकको इएलपी परियोजनाका जिल्ला सहजकर्ता एवम् इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले विद्यालयमा शिक्षण सिकाइलाई सघाउन सरस्वती मावि लगायतका चार विद्यालयमा बाल अधिकार चेतना समूहमार्फत सञ्चालन गरिएका अतिरिक्त क्रियाकलाप र यसले पारेका प्रभाव बारे चर्चा गरेका थिए ।
अमर सुनार
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत मनहरी गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि मनहरी गाउँपालिकामा गठन भएको मानव अधिकार समूहले मनहरी गाउँपालिकाको अध्यक्षलाई ज्ञापन पत्र बुझाएको…
लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नु आवश्यकः उपाध्यक्ष चौँलागाईँ
बागमती प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौँलागाईँले लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नलाई तयार रहन युवा वर्गलाई अनुरोध गर्नु भएको छ । गैरसरकारी संस्था महासङ्घ, मकवानपुरको आयोजना, हेटौँडा उपमहानगरपालिका र…
बाल अधिकार चेतना समूहद्वारा जनचेतनामूलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र बेलौरी नगरपालिका–२ गोकुलपुरस्थित श्री लक्ष्मी माध्यमिक विद्यालय र बेलौरी नगरपालिका–३ खिरीयास्थीत श्री जनजागृती पुष्पलाल स्मृती माध्यमिक विद्यालयमा गठित बाल अधिकार…
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बाल अधिकार चेतना समूहद्वारा सडक नाटक प्रर्दशन
कैलारी गाउँपालिकास्तरीय मानव अधकार समूह, बाल अधिकार चेतना समुह र जनकल्याण माध्यामिक विद्यालयको संयुक्त आयोजनामा बाल अधिकार चेतना समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर २१ गते सडक…
मानवअधिकारको पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
गण्डकी प्रदेश सरकार, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेशको संयुक्त आयोजनामा मङ्सिर २० गते पोखरामा मानवअधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न…