सप्तरीमा वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सप्तरी जिल्लामा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व राजविराजमा मङ्सिर २८ गते समीक्षा गरिएको छ ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलले सन-२०१६ को अवधिमा एक असई, एक बालक, दुई बालिका, चार महिला र कथित बोक्सोको आरोपमा एक जना पुरुषको हत्या भएको जानकारी दिए ।
सबैभन्दा बढी घरेलु हिंसाका २८३ ओटा, बालिका बलात्कारका १७ ओटा, बालिकालाई यौन दुर्व्यवहारका नौ ओटा, महिलामाथि बलात्कारका पाँच ओटा, महिलामाथि बलात्कार प्रयासका नौ ओटा, कथित बोक्सीको आरोपमा दुर्व्यवहारका पाँच ओटा, बहुविवाहका १५ ओटा, बालविवाहका दुई ओटा, विद्यार्थीमाथि कुटपिटको चार ओटा, अपहरणको तीन ओटालगायत ३ सय ७९ ओटा घटना अभिलेख गरिएको जिल्ला प्रतिनिधि पोखरेलले जनाएका छन् ।
कार्यक्रममा बोल्दै जिल्ला न्यायाधीश विनोदकुमार गौतमले राज्यबाट प्राप्त हुने अधिकारका लागि सरकारलाई घच्घच्याउनु र जिम्मेवारी बोध गराउनु पर्ने बताए । अदालतमा १० प्रतिशत पनि मुद्दाहरू आउन नसकेको भन्दै उनले कानुन र फैसलाहरू कार्यान्वयन नभए पिडकहरू समाजमा घुमफिर गर्न पाउने अवस्थाले लज्जित हुनुपर्ने बताए ।
प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्याल, सशस्त्र एसपी जनकबहादुर खडका, डिएसपी दानबहादुर कार्की, निमित्त जिल्ला न्यायाधिवक्ता बद्रीबहादुर कार्कीले मन्तव्य राखे ।
मनोहरकुमार पोखरेल
सम्बन्धित इन्सेक गतिविधिहरू
भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि
ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना…
इन्सेकद्वारा उपचारमा आर्थिक अभाव झेलेका बालकलाई आर्थिक सहयोग
आर्थिक अभावका कारण डिस्चार्ज भएर घर जानसमेत समस्यामा परेका बैतडीका १४ वर्षीय रोशन धामीलाई इन्सेकले आर्थिक सहयोग गरेको छ । इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले पुस २७ गते पीडितलाई…
बलात्कार पीडित बालिकालाई इन्सेकको सहयोग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बलात्कार घटनाकी पीडित १५ वर्षीया बालिकालाई पुस २८ गते सुरक्षित गृहमा नै गएर स्याहार सुसार र स्वास्थ्य उपचारका लागि नगद १० हजार रुपियाँ सहयोग…
इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि सम्मानित
मानव अधिकार र उपभोक्ता अधिकारको क्षेत्रमा लामो समयसम्म काम गर्दे आउनुभएकी इन्सेक रुपन्देही र प्रतिनिधि रीमा बिसी सम्मानित हुनुभएको छ । उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशले व्यवसाय र मानव…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
मगुुको खत्याड गाउँपालिका–१ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–४, खोर्के खोलामा बस्दै आउनुभएकी ३५ वर्षीया रपदमकन्या चौलागाईलाई इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले ०८१ पुस २६ गते आर्थिक अवस्था कमजोर भइ…