सन्देशमूलक सूचना बोर्ड स्थापना र बालबालिकालाई मेडल
डाक्नेश्वरी नगरपालिका–७ स्थित जनता रामेश्वर मेमोरियल माध्यमिक विद्यालयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित बाल अधिकार सचेतना समूहले ०८० माघ २८ गते बाल अधिकार सम्बन्धी ऐन तथा धारा समेटिएको सन्देशमूलक सूचनाको बोर्ड स्थापना गरेको छ ।
त्यसैगरी उक्त अवसरमा बाल अधिकार सम्बन्धी कार्ययोजना बनाउनुका साथै जनचेतनामूलक सडक नाटक प्रदर्शनमा सहभागी बालबालिकालाई प्रोत्साहन स्वरुप मेडल लगाएर सम्मानित गरिएको इन्सेक जिल्ला सहजकर्ता अजय परियारले बताउनु भयो । बाल अधिकार सचेतना समुहका विद्यार्थीहरुले बालविवाह, महिला हिंसा विरुद्ध समुदायलार्इ जागरुक बनाउन माघ २२–२३ गते सडक नाटक प्रदर्शन गरेका थिए ।
कार्यक्रममा प्रधानाध्यापक पवनकुमार इशरले बाल अधिकार सचेतना समूहमा संगठित भएपछि विद्यार्थीहरू क्रियाशील बनेको बताउनु भयो । विद्यालयका समस्या तथा अधिकारबाट बञ्चितहरूका विषयमा समूहको बैठक बसेर छलफल गरी निकासको पहल गर्ने गरेको उहाँले बताउनु भयो ।
मानव अधिकार समूहकी सहसचिव मम्मा देवी ठाकुरले नगरपालिकाभित्र रहेको बाल अधिकार सम्बन्धी नीति, नियम बमोजिम अधिकारबाट बञ्चित बालबालिकाहरूको हक, हित तथा महिला हिंसा विरूद्ध काम अगाडि बढाइएको बताउनु भयो । मानव अधिकार समूहको पहलमा नगरपालिकाबाट बालविवाह मुक्त अभियानको नीति ल्याउन थालेको ठाकुरले जानकारी दिनु भयो । कार्यक्रम प्रधानाध्यापक इशरको अध्यक्षतामा भएको थियो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित इन्सेक गतिविधिहरू
बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग
डिसीएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा ०८१ चैत ४ गते बलात्कार घटनाकी पीडित २२ वर्षीया महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।…
वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न
इन्सेकले चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ०८१ चैत ३ गते स्थानीय तहमा वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा जवाफदेही वक्ता र सहभागीहरूले फोहोर व्यवस्थापन मुख्य चुनौती भएको बताएका छन् । सङ्घीय…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको आयोजना र डिसिएका अर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ फागुन २९ गते जनकपुरधाममा सम्पन्न भएको छ । बैठकमा इन्सेक…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भएका कारण सामुहिक बलात्कारमा पर्नुभएकी १३ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि फागुन २९ गते पीडित परिवारलाई १० हजार रुपियाँ सहयोग गरेको छ । इन्सेक रुपन्देही…
बलात्कार घटनाको पीडित बालिकालाई इन्सेकको सहयोग
१४ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ चैत १ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ…