सडक मानवरहित बनाउने जिल्ला समितिमा इन्सेक प्रतिनिधि
जिल्लाका सडक मानवरहित बनाउने अभियानलाई सफल पार्न प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संरक्षत्वमा एक समिति गठन गरिएको छ ।
समितिमा इन्सेक सुनसरीलाई प्रतिनिधिका रूपमा राखिएको छ ।
जिल्लालाई सडक मानवरहित बनाउने अभियानलाई सफल पार्नका लागि प्रमुख जिल्ला अधिकारी संरक्षक रहेको समितिको संयोजकमा गैर सरकारी संस्था महासङ्घका सुनसरी अध्यक्ष मेघराज न्यौपाने रहनु भएको छ ।
प्रमुख जिल्ला अधिकारी यादवले अभियानमा आफू संरक्षक रहेको र गैरसरकारी संस्था महासंघका अध्यक्ष मेघराज न्यौपानेको संयोजकत्वमा जिल्ला स्तरीय समन्वय समिति गठन गरिएको बताउनु भएको छ ।
स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, सामाजिक सङ्घसंस्था लगायतले अभियानमा हातेमालो गरी सडक मानवरहित बनाउन अभियान शुरू भएको माया घरकी सुवद्रा प्याकुरेलले बताउनु भएको छ ।
जीवन निर्वाहका लागि सडकमा आश्रित हुनुपर्ने अवस्थाको अन्त्यका सडक मानवरहित अभियानको थालनी सरकारले नै गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भएको छ ।
समितिका संयोजक मेघराज न्यौपानेले “आउँदो वर्षभित्र जिल्लालाई सडक मानवरहित बनाउने लक्ष्यसहित अभियानको थालनी गरिएको छ । बेसहारा भएर सडकमा पुगेका व्यक्तिको उद्धार र पुनःस्थापना अभियानमार्फत गरिने छ ।
जिल्लाका सडकमा मागेर खाने, सडक पेटीमै सुत्ने बालबालिका देखिएकाले उनीहरूको न्यूनतम मानव अधिकार रक्षाका लागि सडक मानवरहित अभियानको थालनी गरिएको छ ।
जयकृष्ण यादव
सम्बन्धित इन्सेक गतिविधिहरू
नवनिर्वाचित जनप्रतिनिधिलाई मानव अधिकार अभिमुखीकरण
शिवपुरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि सञ्चालन गरिएको दुई दिने ‘जनप्रतिनिधिहरूका लागि मानव अधिकार, महिला तथा तथा लैङ्गिक हिंसासम्बन्धी तालिम’ साउन १७ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका–७ सुनखानी गाउँपालिका–८…
किशोरीहरूका लागि आत्मरक्षा सीप जीवन उपयोगी: उपाध्यक्ष
भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्का थापाले किशोरीका लागि आत्मरक्षा सीप जीवन उपयोगी भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा साउन ४ गते दैलेखको…
नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा सुर्खेतमा आयोजित नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम असार ३१ गते सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा सुर्खेतका प्रमुख…
मानव अधिकार समूहद्वारा मृतक परिवारलाई खाद्यान्न सहयोग
इन्सेकद्वारा गठित मानव अधिकार समूह बाणगंगाले मृतक परिवारलाई असार २९ गते खाद्यान्न सहयोग गरेको छ । बाणगंगा नगरपालिका– ११ दक्षिण चेतियाकी ६१ वर्षीया मृतक घौघी थारूको परिवारलाई समूहका अध्यक्ष इन्दिरा…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा
नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार २८ गते नेपालगञ्जमा सम्पन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधि लक्ष्मी थारूले जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र…