सञ्चारकर्मी र मानव अधिकारकर्मीबीच समन्वयात्मक बैठक सम्पन्न
इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा कालिकोट जिल्लाका सञ्चारकर्मी र मानव अधिकारकर्मीबीच समन्वयात्मक बैठक मङ्सिर ७ गते सम्पन्न भएको छ ।
इन्सेक केन्द्रीय कार्यालयका सुना प्याकुरेल र कर्णाली प्रदेश संयोजक नारायण सुवेदीको उपस्थितिमा आयोजित बैठकमा जिल्लाका क्रियाशिल पत्रकार, मानव अधिकारकर्मी, मानव अधिकार समूहका प्रतिनिधिको सहभागिता रहेको थियो ।
बैठकमा नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज विष्ट, मानव अधिकार रक्षक सञ्जालका संयोजक डिल्ली चौलागाइँ, पत्रकार प्रेमराज सिम्खडा, पुष्प भट्टराई, प्रेणा विश्वकर्माले पत्रकारहरूले अहिले पनि समाचारकै कारण धम्की खेप्नु परिरहेको बताउनुभयो । साथै उहाँहरूले कालिकोटका पत्रकारहरूमा एकरूपता नहुँदा असुरक्षित अवस्थामा रहेको बताउनुभयो ।
इन्सेक प्रदेश कार्यालयका संयोजक सुवेदीले मानव अधिकार रक्षकहरू एकताका साथ जानु पर्ने र मानव अधिकारका सवालहरूलाई संयुक्त रूपमा उजागर तथा वकालत गर्नु पर्ने सुझाव दिनु भयो ।
साथै उहाँले मानव अधिकार रक्षकहरूमा आइपर्ने समस्या समाधानका लागि इन्सेकले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।
कालीबहादुर मल्ल
सम्बन्धित इन्सेक गतिविधिहरू
नवनिर्वाचित जनप्रतिनिधिलाई मानव अधिकार अभिमुखीकरण
शिवपुरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि सञ्चालन गरिएको दुई दिने ‘जनप्रतिनिधिहरूका लागि मानव अधिकार, महिला तथा तथा लैङ्गिक हिंसासम्बन्धी तालिम’ साउन १७ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका–७ सुनखानी गाउँपालिका–८…
सडक मानवरहित बनाउने जिल्ला समितिमा इन्सेक प्रतिनिधि
जिल्लाका सडक मानवरहित बनाउने अभियानलाई सफल पार्न प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संरक्षत्वमा एक समिति गठन गरिएको छ । समितिमा इन्सेक सुनसरीलाई प्रतिनिधिका रूपमा राखिएको छ । जिल्लालाई सडक मानवरहित…
किशोरीहरूका लागि आत्मरक्षा सीप जीवन उपयोगी: उपाध्यक्ष
भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्का थापाले किशोरीका लागि आत्मरक्षा सीप जीवन उपयोगी भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा साउन ४ गते दैलेखको…
नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा सुर्खेतमा आयोजित नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम असार ३१ गते सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा सुर्खेतका प्रमुख…
मानव अधिकार समूहद्वारा मृतक परिवारलाई खाद्यान्न सहयोग
इन्सेकद्वारा गठित मानव अधिकार समूह बाणगंगाले मृतक परिवारलाई असार २९ गते खाद्यान्न सहयोग गरेको छ । बाणगंगा नगरपालिका– ११ दक्षिण चेतियाकी ६१ वर्षीया मृतक घौघी थारूको परिवारलाई समूहका अध्यक्ष इन्दिरा…