सचेत नागरिकले विभेद विरुद्ध बोल्नैपर्छ : प्रमुख शाही
जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले समाजका सचेत नागरिकहरुले विभेद र असमानता विरुद्ध बोल्न सुरु नगरे जातीय विभेद हट्न नसक्ने बताउनुभएको छ । अन्तरराष्ट्रिय जातिभेद तथा रङ्गभेद विरुद्धको दिवसको अवसरमा इन्सेकले चैत ५ गते दैलेखमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो ।
‘नागरिक समाजका अगुवाले बोल्नु प¥यो, पत्रकारले लेख्नु प¥यो, सरकारका निकायले विभेदका घटनामा निर्मम तरिकाले कारवाही गर्नु प¥यो अनि जातीय विभेद जस्तै समाजमा रहेका महिला माथि हुने हिंसा र यस्तै असमानताहरु हट्न सक्छ । त्यसका लागि सबैको इच्छा शक्तिा चाहियो’ प्रमुख शाहीले भन्नुभयो ।
कार्यक्रममा दैलेखका प्रहरी इञ्चार्ज डीएसपी किशोर लम्सालले पहिलेको तुलना जातीय विभेदका घटना संख्यात्मक रुपमा घटेको तर पूर्णरुपमा नहटेको टिप्पणी गर्नुभयो । समय अनुकूल शिक्षा, चेतना र कानूनको अभ्यासले जातीय विभेद घटेको तर पूर्णरुपमा हटाउन समुदायको अग्रसरता जरुरी रहेको उहाँको भनाई थियो ।
त्यसबखत दैलेखमा जातीय विभेदको अवस्था विषयमा प्रकाश पार्दै इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले जिल्लामा दलित नागरिक समाजको क्रियाशीलताले जातीय विभेदका घटनाहरु कानूनी प्रक्रिया लैजाने संस्कार बसेको उल्लेख गर्दै नेपालभर दुई सय मुद्दा चलेको मध्ये दैलेखमा मात्र नौ ओटा छुवाछूत सम्बन्धी मुद्दा अदालत पुगेको जानकारी दिनुभयो ।
त्यसबखत मानव अधिकार रक्षक सञ्जालका जिल्ला संयोजक बिशाल सुनारले जातीय विभेदको प्रकृति बदलिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘पहिले जस्तै सार्वजनिक धारा भएका ठाउँमा विभेद उस्तै छ जहाँ निजी धारा बनेका छन् त्यहाँ मात्र छुवाछूत हटेको भान भएको मात्र हो ।’
महिला तथा बालबालिका सेवा केन्द्रका कार्यक्रम संयोजक रमा श्रेष्ठले जातीय विभेदको समस्या पुरुषको तुलनामा दलित महिलाहरुले अझैं धेरै भोगिरहेको औंल्याउदै छुवाछूत समस्या र महिला माथि हुने छाउपडीप्रथा, घरेलु हिंसा लगायतका सवालहरुमा राजनीतिक नेतृत्वले बोल्नुपर्ने बताउनुभयो । उहाँले जनयुद्धको बेला माओवादीले उठाएका सवालमा शान्ति प्रक्रियापछि बेवास्ता गरेको टिप्पणी गर्नुभयो ।
राजनीतिकर्मी मायाराम अधिकारी, अधिकारकर्मीहरु राजेश हमाल, मनोज थापा, सविना बिक, अभिसेक अनुराग, जीवराज रेग्मी, प्रभाकुमार बिक, जिल्ला प्रहरी कार्यालयका महिला तथा बालबालिका सेवा केन्द्रका इञ्चार्ज असई सुशीला भुसाल लगायतले जातीय विभेद सवाल र समाधानका उपाय बारे धारणा राख्नुभएको थियो ।
सन् १९६० मार्च २१ का दिन दक्षिण अफ्रिकाको सार्पभिल्लेमा रगंभेदी कानुन विरुद्ध भएको एक शान्तिपूर्ण प्रदर्शनमा ६९ जना अधिकारकर्मीहरु मारिएको दुःखान्त घटनाको स्मरण गर्दै संयुक्त राष्ट्र संघको महासभाले सन् १९६६ मा मार्च २१ तारिकलाई रंगभेद उन्मूलनको अन्तर्राष्ट्रिय दिवसको रुपमा घोषणा गरेको थियो ।
विश्वभर रंगभेद विरुद्धको दिवसको रुपमा मनाउदै आएपनि नेपालमा जातीय विभेद विरुद्ध आवाज उठाउने अवसरको रुपमा मनाउन थालिएको हो । सन् २०२३ को नारा ‘जातिवाद तथा रंगभेद विरुद्ध अबिलम्ब प्रतिवाद गरौं’ भन्ने रहेको छ ।
अमर सुनार
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकारका सवालमा अन्तरक्रिया सम्पन्न
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा घोडाघोडी नगरपालिका र गौरीगंगा नगरपालिकास्तरीय मानव अधिकार समुहसँग मानव अधिकारका सवालमा अन्तरक्रिया तथा छलफल कार्यक्रम जेठ २२ गते सम्पन्न भएको छ । इन्सेक सुदूरपपिश्चम…
इन्सेकद्वारा अभिमुखिकरण कार्यक्रम शुरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा ०८० जेठ २२ गते जनकपुरधाममा बलपूर्वक बेपत्ता पारिएका पीडित पक्षहरूको न्यायमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले सातै प्रदेशका प्रदेश संयोजक र प्रलेख अधिकृतहरूलाई अभिमुखिकार्यक्रम…
जातीय विभेद हटाउन दण्डात्मक र सचेतनामूलक दुबै अभियान जरुरी: न्यायाधीश लम्साल
जिल्ला न्यायाधीश बलराम लम्सालले जातीय विभेद हटाउन दण्डात्मक र सचेतनामूलक अभियान सञ्चालन गर्न सके छिटोछरितो सभ्य समाज निर्माणमा सहयोग पुग्ने बताउनुभएको छ । छुवाछूत मुक्त राष्ट्र घोषणाको १७ औं वार्षिकोत्सवको…
मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा जेठ २१ गते मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ । कार्यक्रममा मधेस प्रदेशका सभामुख रामचन्द्र…
जातीय विभेद विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न
जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा चन्दननाथ नगरपालिका महिला बालबालिका शाखा, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत सरोकारवाला निकायको समन्वयमा जेठ २१ गते र्यालीसहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको…