सङ्क्रमणकालीन न्याय नागरिक निगरानी समितिको बैठक सम्पन्न
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा पदाधिकारी सिफारिस गर्न गठित समितिको गठन गर्ने प्रक्रिया प्रति ध्यानाकर्षण भएको छ । सङ्क्रमणकालीन न्याय नागरिक निगरानी समिति बैठक वरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठको अध्यक्षतमा ०८१ मङ्सिर २७ गते नेपालगञ्जमा सम्पन्न भएको हो ।
सङ्क्रमणकालीन न्याय नागरिक निगरानी समितिले बैठकबाट प्रधानमन्त्री केपि शर्मा ओली प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, सिँहदरवार, काठमाडौँको नाउँमा विगतका आयोगमा गरिएका नियुक्ति विवादस्पद भएको र जसका कारण १८ वर्षदेखि न्यायिक प्रक्रियामा अवरोध भएको वरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठले बताउनु भयो । विगतको असफलताबाट सिकेर नयाँ बाटो तय गरिनु पर्नेमा सो हुन नसकेको र आफूहरू आक्रोशित भएको एडभोकेसी फोरमका प्रदेश संयोजक एवम् अधिवक्ता बसन्त गौतमले बताउनु भयो । अहिलेको सिफारिस समितिको गठन र समितिको अपारदर्शी कार्य प्रति विरोध जनाउँदै नयाँ विश्वसनीय र पारदर्शी प्रक्रियाको थालनी गर्न माग गरेको छ ।
'यस अघि दुई/दुई पटक ओम प्रकाश मिश्रको संयोजकत्वमा गठित समितिले छनौट गरेका पदाधिकारीहरू असफल भएको सन्दर्भमा तेश्रो पटक पनि निजकै संयोजकत्वमा गठित समितिले आयोग पदाधिकारीका लागी निवेदन दिन दिएको समयावधी,समितिले गरेको सर्ट लिष्ट लगायतका समितिको अपारदर्शी कार्यले सङ्क्रमणकालिन न्याय तार्किक निष्कर्षमा पुग्न सक्दैन । ०८१ मङ्सिर २२ गते प्रकाशन गरेको सूचिप्रति सङ्क्रमणकालीन न्याय निगरानी समिति असहमति प्रकट गर्दछ' - ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
विगतको असफलताबाट सिकेर नयाँ बाटो तय गरिनुपर्नेमा सो हुन नसकेको वरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठ, रबिन्द्र कर्ण, अधिवक्ता बसन्त गौतम, अधिवक्ता विकास आर्चाय, एक माया विक, सुरेश गौतम, प्रभात कुमार ठकुरी, इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महत, कृष्ण मुरारी प्रसाद भट्ट, बलबहादुर चन्दको हस्ताक्षरित ध्यानाकर्षण पत्रमा जनाइएका छ ।
ध्रुबराज शर्मा
सम्बन्धित इन्सेक गतिविधिहरू
जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ…
बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ माघ २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,…
भूकम्प सुरक्षा दिवसका अवसरमा विपत् न्यूनिकरणका विषयमा छलफल
भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत विपत् जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त शिक्षिका/शिक्षकहरूले जोखिम…
भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि
ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना…
इन्सेकद्वारा उपचारमा आर्थिक अभाव झेलेका बालकलाई आर्थिक सहयोग
आर्थिक अभावका कारण डिस्चार्ज भएर घर जानसमेत समस्यामा परेका बैतडीका १४ वर्षीय रोशन धामीलाई इन्सेकले आर्थिक सहयोग गरेको छ । इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले पुस २७ गते पीडितलाई…