सकारात्मक विचारलाई अगाडि बढाऔँः सरोकारवाला
नागरिक समाजको छवि सुधार्नका लागि सबै पक्ष सकारात्मक विचारका साथ अगाडि बढ्नु पर्ने एक कार्यक्रमका सहभागी सरोकारवालाहरूले बताएका छन् ।
अनैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले चैत ११ गते भक्तपुरमा आयोजना गरेको 'पारस्परिक जवाफदेहिता एवम् नागरिक समाजको सकरात्मक छवि निर्माणको सवाल विषयक' अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले सो कुरा बताएका हुन् ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य सोम मिश्रले कानुन, समाज, नैतिकता र चरित्रले सबैलाई बाँध्ने गरी काम गर्न सके समाजमा सकारात्मक छवि निर्माण हुने औँल्याए । उनले मानिसको दृष्टिकोण, सोचाइ र आचरणमा परिवर्तन गर्नुपर्नेमा जोड दिँदै नागरिक समाजको तल्लो तहबाटै चेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।
एमाले भक्तपुर जिल्ला उपाध्यक्ष बचन देउजाले स्थानीय तहको निर्वाचनको संघारमा अब राम्रो छवि भएका उम्मेदवारलाई मात्रै भोट दिन्छौँ भन्ने धारणाको विकास गर्नुपर्ने बताए । उनले नागरिक समाज भित्र बढ्दो राजनीतिक विकृतिलाई रोक्न आवश्यक रहेको औँल्याए ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सदस्य सुशील बस्नेतले समाजमा पहिले र अहिलेको अवस्थाको फरकलाई पहिचान गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिँदै आफैबाट परिवर्तन सुरु गर्नु पर्ने बताए ।
महिला तथा बालबालिका कार्यालयकी प्रमुख नीला घिमिरेले पछिल्लो समयमा मानिसको मानसिक संरचना नै गलत हुँदै आएको टिप्पणी गर्दै समस्या देखेर पनि टाउको बटार्ने प्रवृत्तिले समाजमा मानव अधिकार हनन्का घट्ना बढेको बताइन् ।
कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी कृष्ण प्रसाईले मानिसमा चेतना बढ्दै जाँदा अपराधका घटना प्रहरीसम्म आउने क्रम बढेको बताए ।
नेपाल बार एशोसियसनका सचिव एवम् अधिवक्ता किरण न्यौपानेले समाजमा जवाफदेहिता कमजोर बनेको बताउँदै सामाजिक सञ्जाल र सञ्चारका माध्यमबाट पनि अपराध बढेको औँल्याए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ भक्तपुरका उपाध्यक्ष सोम शर्मा बजगाईँले समाजलाई सही मार्गमा लैजान र नागरिक समाजको छवि सुधार्न सामाजिकस्तरबाटै पहल हुनुपर्नेमा जोड दिए ।
क्रियशील पत्रकार मञ्चका अध्यक्ष रमेश गिरीले समाजमा निस्वार्थी भावना हट्दै जानु, सहयोगको भावना नहुनु र एक्लोपन बढ्दै जाँदा समाज पनि गलत बाटोमा गएको औँल्याए ।
सविना केसी
सम्बन्धित इन्सेक गतिविधिहरू
बागमती प्रदेशको मानव अधिकार अवस्था र नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयले आयोजना गरेको बागमती प्रदेशको मानव अधिकार अवस्था र नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम ०८० जेठ २६ गते हेटौँडामा सम्पन्न भएको छ…
हेटौँडामा मिडिया साझेदारी बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजनामा ०८० जेठ २५ गते हेटौँडामा मिडिया साझेदारी बैठक सम्पन्न भएको छ । बागमती प्रदेशमा भएको मानव अधिकार उल्लङ्घनका घटनाहरूलाई कसरी कम…
बागमती प्रदेश प्रहरी प्रमुखसँग इन्सेकको टोलीद्वारा मानव अधिकारको विषयमा छलफल
बागमती प्रदेश प्रहरी प्रमुख डिआइजी किरण राणासँग इन्सेकको अध्यक्ष डा. कुन्दन अर्याल नेतृत्वको टोलीले ०८० जेठ २५ गते मानव अधिकार अवस्थाको विषयमा छलफल गरेको छ । बागमती प्रदेश प्रहरी कार्यालयमा…
प्रदेशस्तरीय बाल अधिकार चेतना समूहको बैठक सम्पन्न
सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकार चेतना समूहको बैठक जेठ २६ गते धनगढीमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले बालबालिकाहरु मानसिक, शारीरिक र सम्बेगात्मक…
मानव अधिकार समूहद्वारा ध्यानाकर्षण-पत्र हस्तान्तरण
कैलारी गाउँपालिकास्तरीय मानव अधिकार समूहले मानव अधिकारका क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न पाँच बुँदे मागसहित गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीलाई भेटी जेठ २४ गते ध्यानाकर्षण–पत्र बुझाएको छ । गाउँपालिका क्षेत्रमा देखिएका…