संस्थागत क्षमता विकास सम्बन्धी तालिम सुरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा संस्थागत क्षमता विकास सम्बन्धी तालिम नेपालगञ्जमा सुरु भएको छ । महिला, युवा तथा सीमान्तकृत समुदायहरू सशक्तिकरणका लागि सवल सामुदायिक संस्थाहरू परियोजना अन्तर्गत लुम्बिनी प्रदेशका आठ ओटा संस्थाका प्रतिनिधिहरू तथा पदाधिकारीहरूका लागि संस्थागत क्षमता विकास सम्बन्धी तालिम ०८१ असोज १० गते सुरु भएको हो ।
इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महतले इन्सेकले मानव अधिकारबाट पीडित भएकालाई न्यायको पहुँचसम्म पुर्याउनेदेखि उनीहरूलाई सतेचना जगाउने काम गरिरहेको बताउनु भयो । उहाँले यस तालिम मार्फत सीप र क्षमता विकासमा महिला, दलित तथा सीमान्तकृत समुदाय र अपाङ्गता भएका व्यक्तिहरूलाई थप सहज पुग्ने उल्लेख गर्नुभयो ।
मानव अधिकार रक्षकहरूलाई काम गर्ने आवश्यक सीप र क्षमताको विकास गर्न यस तालिमले सहयोग गर्ने उहाँले बताउनु भयो । उहाँले तालिमबाट सहभागीमा भएको क्षमता ज्ञानलाई तिखार्ने र त्यसलाई गाउँ समाजमा उचित प्रयोग गर्न सके सकारात्मक प्रभाव पर्ने र त्यसले समाजमा सकरात्मक परिवर्तन ल्याउने बताउनु भयो ।
यसैगरी तालिमको उद्देश्यमाथि प्रकाश पार्दै इन्सेक केन्द्रीय कार्यालयका परियोजना फोकल पर्सन कृष्णप्रसाद नेपालले युएसएआइडीको आर्थिक सहयोगमा नागरिक समाज र सञ्चार कार्यक्रम अन्तर्गत द एसिया फाउन्डेशनसँगको सहकार्यमा फोरम एसियाले ओरेक, इन्सेक तथा सिएसआरसी जस्ता स्थापित संस्थाहरूसँग यस परियोजनाका लागि सहकार्य गरी तालिम सञ्चालन गरिएको बताउनु भयो । उहाँले इन्सेकले विगत लामो समयदेखि सामाजिक न्याय, मानव अधिकारको प्रवर्द्धन र विपन्न दलित समुदायको मानव अधिकारको रक्षा र सचेतनाका लागि पहल गर्दै आएको बताउनु भयो ।
इन्सेक लुम्बिनी प्रदेश कार्यालयका कार्यक्रम अधिकृत सरस्वती मल्लले संस्थागत क्षमता विकास सम्बन्धी तालिमबाट सिकेका कुरा व्यवहारमा लागु गर्न सके त्यसको परिणाम सकरात्मक हुने बताउनु भयो । समाजमा महिलामाथि हुने हिंसाको न्यूनीकरण गर्न तालिममा सहभागी महिलाहरूले नेतृत्वकर्ताका भूमिका खेल्नुपर्ने उहाँको भनाइ छ ।
त्यस्तै मानव अधिकारकर्मी एवम् तालिमका प्रशिक्षक रीमा बिसीले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न सहभागीलाई सुझाव दिनुभयो । उहाँले समाजमा हुने हिंसा र अधिकार वञ्चितका विषयमा समाजमा सचेतना फैलाउन तालिममा सहभागीहरूको काँधमा आएको भन्दै सिकेका कुरालाई व्यवहारमा प्रयोग गर्न सके हिंसा न्यूनीकरण हुने विश्वास व्यक्त गर्नुभयो ।
मानव अधिकारकर्मी एवम् तालिमका प्रशिक्षक रविन्द्र कुमार कर्णले तालिमले घर परिवारदेखि समाज परिवर्तन गर्न टेवा पुग्ने बताउनु भयो । साथै तालिममा सिकेका कुराहरूलाई व्यवहारमा ल्याउन सहभागिहरूलाई आग्रह गर्नुभयो । तालिममा समावेश गरिएका महत्त्वपूर्ण विषयवस्तुलाई ग्रामीण तहमा मानव अधिकारको संरक्षण र सम्बर्द्धनका लागि व्यवहारमा लागु गर्ने उहाँले बताउनु भयो ।
ध्रुबराज शर्मा
सम्बन्धित इन्सेक गतिविधिहरू
कपिलवस्तु नगरपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, कपिलवस्तु आयोजना तथा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहको समन्वयमा स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान…
मायादेवी गाउँपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्विनी प्रदेश कार्यालय, कपिलवस्तुको आयोजना तथा मायादेवी गाउँपालिकामा गठित मानव अधिकार समूहले स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान कार्यक्रम…
वातावरणको अधिकारका लागी संगठित भएर लाग्नु पर्नेमा जोड
वातावरणको अधिकारका लागी वातावरणको क्षेत्रमा क्रियाशिल संघ संस्थाहरू संगठित भएर लाग्नुपर्नेमा वातावरणीय मानव अधिकार रक्षकहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको समन्वयमा ०८१ असोज २०…
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिकामा गठित पालिकास्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ असोज २० गते सम्पन्न गरिएको छ । बैठकले मङ्सिर महिनासम्ममा मानव अधिकार समूह गाउँपालिकामा…
मानव अधिकार अवस्थाका विषयमा छलफल कार्यक्रम सम्पन्न
इन्सेक कर्णाली प्रदेश कार्यालयले राष्ट्रिय मानव अधिकार आयोग, कर्णाली प्रदेश कार्यालयसँगको समन्वयमा ०८१ असोज २० गते सल्यान जिल्लाको मानव अधिकार अवस्थाका विषयमा अधिकारर्मी तथा सञ्चारकर्मीसँग छलफल कार्यक्रम सम्पन्न गरेको छ…