संस्थाको गरिमा उचो राख्नुपर्छः इन्सेक अध्यक्ष डा. श्रेष्ठ

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अध्यक्ष डा. इन्दिरा श्रेष्ठले इन्सेकको संस्थागत गरिमा उचो राख्नको लागि सधैंलागि पर्नुपर्ने बताउनुभएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय कार्यालयको आयोजनामा काभ्रेको धुलिखेलमा माघ ३ र ४ गते भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा अध्यक्ष डा. श्रेष्ठले सो धारणा राख्नुभएको हो ।

“इन्सेकको काम अधिकारको पक्षमा आममानिसलाई सहभागि गराउने नै हो,” उहाँले भन्नुभयो “हामी आममानिसको अधिकारका बारे बेग्लाबेग्लै परियोजनामार्फत काम गरिरहेका छौ ।” गन्तब्य एउटै भएकोले अधिकारबाट बञ्चित हुन नहुने उहाँले बताउनुभयो ।’

कार्यक्रममा इन्सेक कार्यकारी निर्देशक विजयराज गौतमले आगामी दिनमा गर्नुपर्ने कामका बारेमा जानकारी दिनुभएको थियो । इन्सेकले आफ्नो योगदानलाई अझै सिर्जनशिल बनाउनुपर्ने कार्यकारी निर्देशक गौतमले बताउनुभयो ।

कार्यकारी निर्देशक गाैतमले इन्सेकद्वारा सङ्कलित र प्रकाशित सूचनामा अझै विश्वासनियता कायम गर्नको लागि घटना विवरण तथ्यापरक हुनुपर्ने बताउनुभयो ।

इन्सेकमार्फत सञ्चालन भइरहेका परियोजनाहरु आममानिससँग सरोकार राख्ने भएकाले नै सबैको मनमस्तिष्कमा बस्न सफल भएकोभन्दै अध्यक्ष श्रेष्ठले केन्द्र, प्रदेश र जिल्लाबीच हरेक समय समन्वय हुन जरुरी रहेको बताउनुभयो ।

ब्यवस्थापन विभाग प्रमुख प्रेमप्रसाद पराजुलीले मुलुकको नयाँ संरचनासँगै इन्सेक पनि त्यहि संरचनामै रहेर काम गरिरहेको बताउनुभयो । स्रोत साधनका हिसाबले नयाँ संरचना अन्तर्गत काम गर्दा केहि समस्या रहेपछि त्यसलाई समयानुकुल बनाउँदै लैजाने उहाँको भनाई छ ।

photo20200116kavre

वर्षभरि सञ्चालन हुने परियोजनाहरूको समीक्षा गरी थप रणनीति तय गरिएकाे इन्सेकका निर्देशक श्रीराम बजागाईले जानकारी दिनुभयो । परियोजना सञ्चालन भइरहदाँ देखिएका कमीकमजोरीलाई समेत आगामी दिनमा नदोहोरिने गरी कार्य योजना तयार गर्ने निर्देशक बजागाईले बताउनुभयो ।

देशमा पछिल्लो समय मानव अधिकारको क्षेत्रमा प्रत्यक्ष वा अप्रत्यक्ष ढङ्गबाट आक्रमणहरू बढ्न थालेको उहाँले बताउँनुभयो । सामाजिक न्याय, लोकतन्त्र र मानवअधिकारको रक्षाका लागि काम गर्ने सामाजिक संस्थाहरू अझ बलियो हुनुपर्ने उँहाले बताउनुभयो ।

‘राज्यले कतिपय कानुन र नीति सामाजिक न्यायभन्दा बाहिर ल्याउने खतरा बढिरहेको छ, निर्देशक बजगाईंले उल्लेख गर्नुभयो । उहाँले त्यसलाई समेत मध्यनगर राखेर हामी अझ परिमार्जित सहित सशक्त ढङ्गले अघि बढ्नुपर्ने अवस्था रहेको जानकारी गराउनुभयो ।

समीक्षा कार्यक्रममा इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकको अझै गुणस्तरीयताका बारेमा पहल गर्ने विषयमा पनि छलफल गरिएको छ ।

अर्धवार्षिक समीक्षा कार्यक्रममा इन्सेकको केन्द्रीय कार्यालय र सात ओटै प्रदेश कार्यालयका संयोजक, कार्यक्रम संयोजक तथा प्रलेख अधिकृतकाे सहभागिता रहेको छ ।

हिरामान तामाङ