सीड सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय समितिको सदस्यमा निर्वाचित राणालाई सम्मान
महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समिति (सीड) को सदस्यमा पुनः तेस्रो कार्यकालका लागि निर्वाचित हुनु भएकी बन्दना राणालाई मानव अधिकार सन्धि अनुगमन समन्वय केन्द्र (एचआरटिएमसीसी) द्वारा ०८१ असार ९ गते एक कार्यक्रम बीच सम्मान गरिएको छ ।
एचआरटिएमसीसीको सचिवालयको तर्फबाट अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको समन्वयमा भएको सम्मान कार्यक्रममा इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले संयुक्त राष्ट्रसङ्घको विभिन्न समिति मध्ये सीडमा लगातार तेस्रो कार्यकालका लागि २०२५ देखि २०२८ पुनः निर्वाचित हुनु भएकी राणाले महिला र मानव अधिकारका क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्नु भयो ।
अध्यक्ष अर्यालले महिला र मानव अधिकारका सवालमा सक्षम अब्बल स्वतन्त्र भई काम गर्न सक्ने पहिचानले नै राणा पुनः सीडको सदस्यमा निर्वाचित हुन सफल हुनु भएकोले यसलाई कायम राख्न सुझाव दिनु भयाे।
नेपालको तर्फबाट सीडको सदस्यमा राणा निर्वाचित हुनुले राष्ट्रिय अन्तर्राष्ट्रिय महत्व राख्ने हुँदा अधिकारका क्षेत्रमा काम गर्ने सबैको शीर उच्च भएको इन्सेक अध्यक्ष अर्यालले बताउनु भयो ।
अध्यक्ष अर्यालले महिला माथि हुने हिंसा न्यूनिकरणका लागि सीडको भूमिका महत्वपूर्ण रहने र खासगरी २०४६ सालको परिवर्तनपछि अन्तर्राष्ट्रिय सन्धिसम्झौताको एकीकृत अनुगमन गर्न मानव अधिकारको क्षेत्रमा कार्यरत विभिन्न मानव अधिकार संस्थाहरूको साझा थलो एचआरएमटीसीसीको परिकल्पना भएको र यसमा आवद्ध सबै संस्थाहरूको तर्फबाट संयुक्त रूपमा बधाई कार्यक्रमको आयोजना गरिएको जानकारी दिनु भयो ।
राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव सम्झना शर्माले राणाले प्राप्त गरेको सीडको सदस्यता राज्यको पनि उपलब्धि भएको बताउनु भयो । उहाँले यसमा सबैको एक्यवद्धता रहने र आयोगको सदैव सहयोग रहिरहने बताउनु भयो । सहसचिव शर्माले राणाको कार्यकाल विगतमा भन्दा अझै खारिदै आएकोले थप सफल रहने विश्वास व्यक्त गर्नु भयो ।
एचआरएमटिसीसीकी संयोजक तथा बीबीसी संस्थाकी अध्यक्ष कृष्णकुमारी वाइवाले पनि राणालाई सिडमा पुन निर्वाचित भइ सगरमाथाको उचाइ प्राप्त गरेको भन्दै नेपालीको शिर उच्च राख्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भयो।
एचआरएमटिसीसीको तर्फबाट इन्सेककी एड्भोकेसी विभाग प्रमुख सम्झा श्रेष्ठले महिला र मानव अधिकारको आन्दोलनलाई राणाको यो तेस्रो कार्यकालले थप योगदान पुर्याउने बताउनु भयो ।
पत्रकार तथा सञ्चारिका समूहकी पूर्व अध्यक्ष बबिता बस्नेतले संयुक्त रूपमा आयोजना गरिएको यस बधाई कार्यक्रमले सीडमा निर्वाचित भएकी राणालाई काम गर्न थप हौसला प्रदान गरेको र यस्ता कार्यक्रमलाई निरन्तरता दिन सके संयुक्त राष्ट्रसङ्घका अन्य विधामा पनि नेपाली पुग्नलाई हौसला प्रदान हुने विश्वास व्यक्त गर्नु भयो ।
एचआरएमटिसीसीको बालअधिकार समितिका संयोजक तथा चाइन्ड नेपालका अध्यक्ष कृ्ण सुवेदीले बधाई दिन पाउनु मात्र हैन यसलाई देश र देश बाहिर पनि चर्चाको विषय बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँको कार्यकाल भित्रै एसडिजीको गोल नेपालले पूरा गर्ने हुँदा यसलाई सफल बनाउन सके यो गौरवको विषय हुने बताउनु भयो ।
सीडमा निर्वाचित तथा सम्मानित व्यक्तित्व बन्दना राणाले नेपालमा १९९४ तिर पहिलो पटक नेपालको लागि सीडको प्रतिवेदन तयार गर्ने काममा जोडिएको बताउनु भयो । । त्यो समय सीड कमिटीसँग नेपालीको कुरा राख्नु पाउनु नै ठूलै उपलब्धि थियो । पत्रकारिता तथा सञ्चारिका समूहको माध्यमबाट मानव अधिकारको क्षेत्रमा प्रवेश गरेकोमा २०१५ बाट सीडमा पहिलो पटक सदस्य निर्वाचित भएको स्मरण गर्नु भयो साथै उहाँले अब यो नेपालको उपलब्धि भएको पनि बताउनु भयो ।
उहाँले विगतमा महिला अधिकारका लागि गर्दै आएका कामहरू केही थाँति रहेको र त्यो पूरा गर्न नेपाल सरकारलाई सीडको उम्मेदवार हुन पुनः आग्रह गरेकोमा नेपाल सरकार र विभिन्न कुटनीतिक माध्यमबाट यस पटक भएको तेस्रो कार्यकालमा १ सय ८८ देशले भाग लिएकोमा १ सय ४६ मत पाएर पहिलो स्थानमा निर्वाचित हुन सफल भएकोमा यसमा सहयोग गर्ने नेपाल सरकार, संयुक्त राष्ट्र संघका कुटनीतिक नियोग र नेपालका सबै अधिकारका क्षेत्रमा कार्य गर्ने संघ संस्था र शुभेच्छुकलाई धन्यवाद दिनु भयो ।
साथै सम्मानति व्यक्तित्व राणाले नेपालको नामै नसुनेका देशहरूमा पनि परिचित हुन पाउँदा खुसी भएको बताउनुभयो।
दिपा सुनुवार
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार रक्षकको सुरक्षाका लागि कानुन निर्माण गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षणका लागि कानुन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले तयार पारेको…
बाल अधिकार चेतना समूहद्वारा बाल विवाहविरुद्ध सडकनाटक प्रदर्शन
इन्सेकको सहयोगमा घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयस्तरीय बाल अधिकार चेतना समूहले बाल विवाहविरुद्ध जनचेतना फैलाउने उद्देश्यले ०८१ माघ २१ गते सडकनाटक प्रदर्शन गरेको छ । दशरथ माध्यामिक विद्यालयका पधानाध्यापक…
प्रदेश स्तरीय मानव अधिकार रक्षक अभिमुखीकरण कार्यक्रम सुरु
यूरोपियन युनियनको सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा मानव अधिकार रक्षकका लागि ०८१ माघ २१ गतेदेखि नेपालगञ्जमा दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । उक्त…
बाल अधिकार सचेतना समूहद्वारा कार्य योजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा डाक्नेश्वरी नगरपालिकास्थित श्री राम दयाल माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले ०८० माघ १४ गते कार्य योजना बैठक सम्पन्न गरेको छ ।…
बाल विवाहको उमेर नघटाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र
बाल विवाहको उमेर हद नघटाउन माग गर्दै सर्लाही जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई मानव अधिकारकर्मी र महिला मानव अधिकारकर्मी, नागरिक समाज तथा मानव अधिकारको क्षेत्रमा कार्यरत इन्सेक लगायत विभिन्न संघ…