संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार संयन्त्रसम्बन्धी कार्यशाला सम्पन्न
संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार संयन्त्रसम्बन्धी एक दिने कार्यशाला पोखरामा पुस १३ गते सम्पन्न भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग कास्कीकी निमित्त निर्देशक नितु गर्तौलाले संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार संयन्त्रमा राष्ट्रिय मानव अधिकार आयोगहरूको संलग्नता विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।
त्यसैगरी इन्सेक केन्द्रिय कार्यालय बहस पैरवी कार्यक्रम प्रमुख सम्झा श्रेष्ठले संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार संयन्त्र, नौ ठुला महासन्धि र विश्वब्यापी आवधिक समीक्षा विषयमा कार्यपत्र प्रस्तुत गरेकि थिइन् ।
कार्यक्रमका सहभागीले सार्वजानिक चासोको विषयवस्तु प्रस्तुत भएकोमा खुसी व्यक्त गरे । कार्यक्रममा बोल्दै गैर सरकारी संस्था महासङ्घका अध्यक्ष पदमराज पहारीले यो कार्यक्रम मानवअधिकारको क्षेत्रमा काम गर्ने सबैलाई अत्यावश्यक रहेको बताउँदै यो कार्यक्रमले गैरसरकारी संस्थाहरूको क्षामता अभिवृद्धि गर्न महत्वपूर्ण सहयोग गरेको बताए ।
सङ्गीता भाट
सम्बन्धित इन्सेक गतिविधिहरू
यूपीआरको प्रतिवेदन तयारीसम्बन्धी प्रदेशस्तरीय छलफल सम्पन्न
इन्सेकले पोखरामा असोज १८ गते एक कार्यक्रमको आयोजना गरी विश्वव्यापी आवधिक समीक्षा(युपिआर) का लागि प्रतिवेदन तयारीसम्बन्धी प्रदेशस्तरीय छलफल गरेको छ । चौथो चरणको समीक्षाअन्तर्गत सन् २०२६ को जनवरीमा यूपीआरमा नेपालको…
बलात्कार घटनाकी पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय अन्तरगतको मानव अधिकार सहायता कक्षले बलात्कार घटनाकी पीडित १८ वर्षीया युवतीलाई ०८१ असोज १८ गते आर्थिक सहयोग १० हजार रुपियाँ प्रदान गरेको…
मानव अधिकार रक्षकसम्बन्धी मस्यौदा कानुन प्रदेश सभामा प्रस्तुत गर्न प्रतिबद्ध छुःमन्त्री सार्की
मानव अधिकार रक्षकसम्बन्धी मस्यौदा कानुन प्रदेश सभामा प्रस्तुत गर्ने सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले प्रतिबद्धता जाहेर गर्नुभएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ असोज १८…
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित खजुरा गाउँपालिका स्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ असोज १६ गते सम्पन्न भएको छ । मानव अधिकार समूहका अध्यक्ष कौशकी यादवले मानव…
बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकको सहयोग
१६ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ असोज १३ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ…