श्री सुर्योदय माविमा गठित बाल अधिकार समूहलाई परिचालन कोष हस्तान्तरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गरेको राक्सिराङ गाउँपालिका-३, पलासे स्थित श्री सुर्योदय माविको विद्यालयको बाल अधिकार समूहलाई ३ हजार ५ सय रुपियाँ ०८० असोज १५ गते हस्तान्तरण गरेको छ ।

Photo_080-6-16_Makwanpur

इन्सेकद्वारा विद्यालयमा गरिएको बाल अधिकार समूहलाई विद्यालयमा अतिरिक्त क्रियाकलापको लागि कोष रकम हस्तान्तरण गरिएको जिल्ला सहजकर्ता सलिना गौतम‌ले बताउनु भयो ।

कोष हस्तान्तरण कार्यक्रममा विद्यालयको सहायक प्रधानाध्यापक कृष्ण कुमार गुप्ताले इन्सेकले दिएको रकमबाट विद्यालयमा विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने बताउनु भयो ।

प्राप्त सहयोग सही सदुपयोग र अतिरिक्त कियाकलाप सञ्चालन गरी सबै विद्यार्थीहरूलाई समयमै सबै क्षेत्रमा सचेत बनाउने बाल अधिकार समूहको अध्यक्ष कञ्चन राजा मगरले बताउनु भयो ।

श्री सुर्योदय भूवि सहायक शिक्षक सुपन कुमार रोकाले इन्सेकले प्रदान गरेको बाल कोष रकमले बालबालिकाहरूको क्षमता विकास हुने बताउनु भयो ।

Photo_080-6-16_Makwanpur.

इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा