श्री पशुपति माविमा गठित बाल अधिकार समूहलाई परिचालन कोष हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न मनहरी गाउँपालिका-४, मसिनेस्थित श्री पशुपति माविको विद्यालयको बाल अधिकार समूहलाई ३ हजार ५ सय रुपियाँ असोज १८ गते हस्तान्तरण गरेको छ ।
श्री पशुपति माविका प्रधानाध्यापक भानुभक्त आचार्यले इन्सेकले दिएको रकमबाट विद्याथीले विद्यालयमा अतिरित क्रियाकलाप सञ्चालन गर्ने बताउनु भयो । उहाँले प्राप्त सहयोग सही सदुपयोग र सञ्चानल हुने विश्वास व्यक्त गर्नुभयो ।
इन्सेकद्वारा विद्यालयमा गठन गरेको बाल अधिकार समूहलाई विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नेको लागि कोष रकम सहयोग गरेको जिल्ला सहजकर्ता सलिना गौतमले बताउनु भयो ।
कोषबाट वार्षिक कार्ययोजना अनुसार अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने समूहका कोषाध्यक्ष अञ्जिना गिरीले बताउनु भयो । विद्यालय व्यवस्थापन अध्यक्ष माधव गौतमले प्रदान गरेको रकमबाट समूहका बालबालिकाहरूले आफ्नो क्षमता विकासका कार्य सञ्चालन गर्न बताउनु भयो ।
पुष्पराज अधिकारी
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजना र डिसिएको आर्थिक तथा प्राविधिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ कात्तिक १३ गते नेपालगञ्जमा सम्पन्न भएको छ ।…
बाल अधिकार सचेतना समूहको कार्ययोजना निर्माण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा डाक्नेश्वरी नगरपालिकास्थित हिरा फेकनी माध्यमिक विधालयमा ०८१ कात्तिक १२ गते बाल अधिकार सचेतना समूहको कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ ।…
महिला, दलित, अल्पसङ्ख्यक र वातावरण अधिकारसम्बन्धी अन्तरसंवाद सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना र गौरीगंगा नगरपालिकास्तरीय मानव अधिकार समुहको सहकार्यमा महिला, दलित, अल्पसङ्ख्यक र वातावरण अधिकारसम्बन्धी अन्तरसंवाद कार्यक्रम ०८१ कात्तिक १२ गते चौमालामा…
वायु प्रदूषण न्यूनिकरण तथा फोहोर व्यवस्थापनमा जोड
वातावरणीय मानव अधिकार रक्षकहरूले वायु प्रदूषण न्यूनिकरण तथा फोहोर व्यवस्थापनमा जोड दिनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय जनकपुरधामद्वारा गठित वातावरणीय मानव अधिकार समूहको ०८१ कात्तिक…
यौन दुर्व्यवहार घटनाका पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग
१२ वर्षीया बालिकालाई कानुनी प्रकियामा जानका लागि अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आर्थिक सहयोग गरेको छ । आर्थिक अवस्था अत्यान्त्यै न्यून रहेकोले कानुनी प्रकियामा जानका लागि समस्या भएको भन्दै…