शुुुुद्ध खानेपानीका लागि ध्यानाकर्षण

  ०८१ वैशाख २ गते

Photo 20240414 Saptari 2अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा गठित डाक्नेश्वरी नगरपालिकाको मानव अधिकार समूहले वडा नम्बर ७ का वडा अध्यक्ष शत्रुघ्न मण्डललाई ०८० चैत्र ३० गते ध्यानाकर्षण पत्र बुझाएको छ।

जनता रामेश्वर मेमोरियल माध्यमिक विद्यालयमा शुद्ध खानेपानीको अविलम्ब व्यवस्था गर्न माँग गर्दै मानव अधिकार समूहले ध्यानाकर्षण पत्र बुझाएको हो । मानव अधिकार समूहकी सहसचिव ममताकुमारी ठाकुर, सदस्य सुनिताकुमारी सरदार र इन्सेक जिल्ला सहजकर्ता अजय परियार लगायतले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले बिगत १० वर्षदेखि अत्यधिक फलाम भएको पानी पिउँदै आएको विद्यार्थीहरुले बताएका छन् । शुद्ध खानेपानीको व्यवस्था मिलाउन विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले माघ १० गते ध्यानाकर्षण पत्र बुझाएको थियो। वडा अध्यक्ष शत्रुघ्न मण्डलले विद्यालयमा पम्प जडानको योजना रहेको र  वैशाख महिना भित्र शुद्ध खानेपानीको व्यवस्था हुने प्रतिबद्धता जनाउनु भयो।

विद्यालयमा रहेको ट्युववेलबाट अत्यधिक आइरन (फलाम) मिश्रित पानी आउने गरेको र विद्यार्थीहरु फलाम मिश्रित पानी पिउन बाध्य हुँदा विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको भन्दै शुद्ध खानेपानीको व्यवस्थागर्न माँग गरिएको मानव अधिकार समूहकी सहसचिव ममताकुमारी ठाकुरले बताउनु भयो।

 Photo 20240414 Saptari

मनोहरकुमार पोखरेल