शुद्ध खानेपानी र सिँचाइको व्यवस्थापन गर्न माग गर्दै सरोकारवाला निकायलाई ध्यानाकर्षण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानव अधिकार रक्षक सञ्जाल तथा सिफारिस संयन्त्रको अगुवाइमा नागरिकलाई शुद्ध खानेपानी र सिँचाइको व्यवस्थापन गर्न सरोकारवाला निकायलाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।
सिफारिस संयन्त्रका संयोजक तथा नेपाल पत्रकार महासङ्घ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय, पूर्वाधार विकास कार्यालय र खानेपानी, सिँचाइ तथा उर्जा विकास कार्यालय जुम्लाको ध्यानाकर्षण गरिएको हो ।
तातोपानी गाउँपालिका –१ वाईराँका गाउँका नागरिकले तिला नदीको दुषित पानी लिफ्टमार्फत तानेर अहिले पनि खानेपानी खाईरहेका छन् । उक्त गाउँले शुद्ध र प्रयाप्त खानेपानी खान पाईरहेका छैनन् ।
यस बिषयमा जिल्लाको सरोकारवाला निकायले तत्काल अनुगमन गरी प्रयोगशाला परीक्षण र पानी शुद्धिकरण गरेर खानेपानीको व्यवस्थापन गर्नका लागि ध्यानाकर्षण गरिएको सिफारिस संयन्त्रका संयोजक शाहीले बताए ।
यस्तै गत २०७९ असोज महिनाको तेस्रो साता आएको अविरल वर्षासँगै बाढीपहिरोले हिमा, सिंजा, कनकाससुन्दरी, तिला, तातोपानी, चन्दननाथ नगरपालिकाका सहित जुम्लाका स्थानीय तहका खेतीयोग्य सिँचाइ नहर कुलाहरु भत्किएका छन् । हिमा, सिंजा, कनकासुन्दरी, तिला र तातोपानी क्षेत्रमा धेरैजसो मार्सीधानका फाँट बगरमा परिणत भएका छन् ।
चन्दननाथ नगरपालिका – १ मा पहिरोले भत्किएर माझकुलो, ठिन्के कुलो नहर समेत मर्मत नगरेर सिचाई कार्य प्रभावित भएको छ । सिँचाइ योग्य खेतमा सिँचाइ नहुदा जेठ महिनामा रोपाई नै प्रभाव भएर खाद्य सुरक्षा समेत प्रभावित हुने देखिएकोले सिँचाइ गर्ने व्यवस्थापन गर्न ध्यानाकर्षण गरिएको हो । सिँचाइको कारणले हिउदे जौँ बाली नष्ट भएको छ ।
मानव अधिकार रक्षक संजाल जुम्लाका संयोजक राजबहादुर महतले भने अब जेठ महिनामा रोपाई सुरु हुदैछ । नहर कुला मर्मत भएका छैनन् । किसान रोपाई हुने नहुनेमा चिन्तित छन् । यसले गर्दा सरोकारवाला निकायले यथासिघ्र सिँचाइको समस्या समाधान गर्न आवश्यक देखिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को अगुवाईमा जुम्ला जिल्लामा मानव अधिकार रक्षक सञ्जाल र सिफारिस संयन्त्र गठन गरिएको छ । यिनै दुई ओटा समूहले विशेष गरी जातीय विभेद तथा महिला हिंसाविरुद्ध वकालत गर्दै आएको छ । जिल्लामा देखिएका आर्थिक सामाजिक तथा साँस्कृतिक अधिकारको उल्लङ्घनका विषय उठान गर्दै आएको इन्सेक जिल्ला प्रतिनिधि मानदत्त रावलले बताए ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले चन्दननाथ नगरपालिका–१ ठिन्के कुलो विषयमा सरोकारवाला निकाय र कृषक बीच छलफल हुदै आएको छ । यो विषयमा थप छलफल गरेर समस्या समाधान गर्ने छौँ भन्नु भयो ।
मानदत्त रावल
सम्बन्धित इन्सेक गतिविधिहरू
जातीय विभेद हटाउन दण्डात्मक र सचेतनामूलक दुबै अभियान जरुरी: न्यायाधीश लम्साल
जिल्ला न्यायाधीश बलराम लम्सालले जातीय विभेद हटाउन दण्डात्मक र सचेतनामूलक अभियान सञ्चालन गर्न सके छिटोछरितो सभ्य समाज निर्माणमा सहयोग पुग्ने बताउनुभएको छ । छुवाछूत मुक्त राष्ट्र घोषणाको १७ औं वार्षिकोत्सवको…
मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा जेठ २१ गते मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ । कार्यक्रममा मधेस प्रदेशका सभामुख रामचन्द्र…
जातीय विभेद विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न
जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा चन्दननाथ नगरपालिका महिला बालबालिका शाखा, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत सरोकारवाला निकायको समन्वयमा जेठ २१ गते र्यालीसहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको…
जातीय भेदभाव तथा तथा छुवाछूत उन्मूलन दिवस मनाइयो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सहित विभिन्न संस्थाको आयोजनामा जेठ २१ गते जिल्लामा १७ औँ राष्ट्रिय जातीय भेदभाव तथा तथा छुवाछूत उन्मूलन दिवस मनाइएको छ । इन्सेक पाँचथरसहित विभिन्न सरोकारवाला…
वडा स्तरीय मानव अधिकार समूह गठन
माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा जेठ १९ गते वडा स्तरीय मानव अधिकार समूह गठन भएको छ । समूहको अध्यक्षमा शोभा मोहन लम्साल, उपाध्यक्षमा लक्ष्मी लम्साल, सचिवमा राजाराम पौडेल र कोषाध्यक्षमा नवीन कुमार…