शिवपुरीमा सार्वजनिक सरोकारको विषयमा अन्तर्क्रिया कार्यक्रम
शिवपुरी गाउँपालिका–७ सुनखानीमा सार्वजनिक सरोकार र महिलामाथि हिंसाको विषयमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
शिवपुरी गाउँपालिकाको वडा नं. ७ र ८ मा अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तिकरण कार्यक्रम (रिन्यु परियोजना) अन्तर्गत सञ्चालन भईरहेको छ । सोही परियोजना अन्तर्गत इन्सेकले स्थानीय सरकार र महिलाहरूबीच चैत २८ गते वडा नं. ७ सुनखानीमा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रममा सहभागीहरूले गाउँपालिकासँग सम्बन्धित सार्वजनिक सरोकारको विषयमा प्रश्न राखेका थिए । महिलाको अधिकार, गाउँपालिकामा महिलासँग सम्बन्धित कार्यक्रम तथा बजेट, ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा लगायतको विषयमा जिज्ञासा राखेका थिए ।
गाउँपालिकाका अध्यक्ष गोविन्द्रप्रसाद थपलियाले गाउँपालिकाले महिला, ज्येष्ठ नागरिक तथा बालबालिकाको सवालमा गम्भीर रहेको र योजना तथा कार्यक्रमहरू प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । उहाँले सिमित स्रोतसाधनबीच पनि महिलाहरूको क्षमता वृद्दि, सीप सिकाउने, आत्मनिर्भरको साथै अधिकारको बारेमा जानकारी दिने कार्यक्रम गाउँपालिकाले सञ्चालन गरिरहेको बताउनु भयो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष वीरबहादुर तामाङले महिलाको कार्यक्रम महिलाकै क्षमता विकासमा खर्च गरिरहेको भन्नुभयो ।
कार्यक्रममा उठेका सवालहरुको शिवपुरी गाउँपालिकाका-७ का वडाअध्यक्ष वीरबहादुर तामाङ, स्वास्थ्य शाखाका मुकेश भट्टराई, महिला तथा बालबालिका शाखा प्रमुख पूजा खतिवडा लगायत विषयगत शाखाका प्रमुख ताथ प्रतिनिधीहरूले जवाफ दिनुभएको थियो ।
परियोजनाका कार्यक्रम संयोजक कृष्ण प्रसाद नेपालले अन्तर्क्रिया कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।
नवदीप श्रेष्ठ
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–६ स्थित श्री महेन्द्र माध्यमिक विद्यालय ढल्केवरमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ । अनौपचारिक…
अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रमको कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले डब्लुपीडी नेपालको सहयाेगमा मनहरीमा सञ्चालित मानव अधिकार र महिला सशक्तिकरण कार्यक्रमको कार्यशाला गोष्ठी ०८० असोज १३ गते सम्पन्न भएको छ । महिला समूह गठन…
सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम
स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा मनहरी गाउँपालिका-३ मा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मनहरी गाउँपालिका-३ को सार्वजनिक सरोकार र महिलामाथि…
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालय नक्टाझिजमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र…
मनहरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम ०८० असोज ११ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा…