शिक्षा, स्वास्थ्य र खाद्य अधिकार विषयमा जिल्ला स्तरीय अन्तर्क्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा पुस १३ गते सुनसरी सदरमुकाम इनरूवामा शिक्षा, स्वाथ्य र खाद्य अधिकारका विषयमा जिल्लास्तरीय अर्न्तक्रिया सम्पन्न भएको छ ।
अन्तर्क्रियामा सुनसरी जिल्लाका शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा भएका समस्याबारे छलफल भएको छ । कार्यक्रममा सुनसरीका सरकारी विद्यालयहरू समयमा नखुल्ने तथा समयसम्म नखुल्ने साथै शिक्षकहरूसमेत समयमा नआउँदा बालबालिकाको पढाइमा असर परेको सहभागीले गुनासो गरे ।
पत्रकार जयकृष्ण यादवले सुनसरीमा १० प्रतिशत भन्दा बढी बालबालिकाहरू विद्यालय बाहिर रहेको र यसरी विद्यालय नजाने बालबालिकाहरू विपन्न र पछाडी परिएको समुदायका हुने बताए । निजी विद्यालयका सञ्चालक सरोज बरालले विद्यालय निरीक्षकहरू भएपनि उनीहरूले कहिलेपनि विद्यालय निरीक्षण नगरेको आरोप लगाए ।
यस्तै स्वास्थ्य चौकीहरूमा औषधि नपाइने, समयसम्म कार्यालय नखोल्दा सर्वसाधारणहरू सेवाबाट वञ्चित भएको सहभागीको गुनासो थियो ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख मुकुन्दराज गौतम, सहायक जिल्ला शिक्षा अधिकारी पिताम्बर गौतम, जिल्ला कृषि कार्यालयका तिरपित मिश्र, जिल्ला पशुसेवा कार्यालयका मोहन सिंहलगायतले सर्वसाधारणको गुनासोलाई सम्बोधन गरेका थिए ।
राष्ट्रिय मानव अधिकार आयोगकी क्षेत्रीय निर्देशक मञ्जु खतिवडाले नागरिकहरू अहिले पनि संविधानले प्रदान गरेका अधिकारबाट वञ्चित रहेकाले यस्ता सम्वादहरूले नागरिकलाई जागरूक बनाउने बताइन् । इन्सेक क्षेत्रीय संयोजक सोमराज थापाले इन्सेकले नागरिकले अधिकार उपभोग गर्न पाउनुपर्ने अवस्था रज्यले निर्माण गर्नु पर्ने बताए ।
शेखर ढकाल
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकारका सवालमा अन्तर संवाद कार्यक्रम सम्पन्न
मानव अधिकारका सवालमा लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालसँग इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजना, डिसिएको सहयोग र दैनिक नेपालगञ्जको समन्वयमा अन्तर संवाद कार्यक्रम ०८१ कात्तिक २४ गते…
प्रदेश स्तरीय मानव अधिकार सञ्जालको बैठक सम्पन्न
इन्सेक लुम्बिनी प्रदेश कार्यलय, नेपालगञ्जको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय मानव अधिकार सञ्जालको बैठक ०८१ कात्तिक २१ गते नेपालगञ्जमा सम्पन्न भएको छ । इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले प्रदेश स्तरीय…
मानव अधिकार सहायता कक्षको बैठकबाट पीडितलाई सहयोग गर्ने निर्णय
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालको आयोजनामा मानव अधिकार सहायता कक्ष सचिवालयको बैठक ०८१ कात्तिक २१ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । हिंसा पीडितहरूका लागि स्थापना गरिएको मानव…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजना र डिसिएको आर्थिक तथा प्राविधिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ कात्तिक १३ गते नेपालगञ्जमा सम्पन्न भएको छ ।…
बाल अधिकार सचेतना समूहको कार्ययोजना निर्माण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा डाक्नेश्वरी नगरपालिकास्थित हिरा फेकनी माध्यमिक विधालयमा ०८१ कात्तिक १२ गते बाल अधिकार सचेतना समूहको कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ ।…