शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सरोकारवालाबिच समन्वयात्मक बैठक सम्पन्न
इन्सेक क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सरोकारवालाहरूबिच समन्वायत्मक बैठक चैत ३० गते महेन्द्रनगरमा सम्पन्न भएको छ ।
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत जिल्लाका सरोकारवालासँग सेवाप्रवाहमा अभिवृद्धि गर्नुका साथै सरोकारवालाहरूलाई कार्यक्रमका बारेमा जानकारी दिने उद्धेश्यले समन्वयात्मक बैठक आयोजना गरिएको इन्सेक क्षेत्रीय कार्यालयका संयोजक खडकराज जोशीले बताए ।
उनले नागरिकहरूका अधिकार स्थापित गर्नका लागि नागरिक आफैँ सचेत हुनुपर्ने र जिम्मेवार निकायले समेत आफ्नो कर्तव्यलाई इमान्दारिताका साथ पालना गर्नुपर्ने बताए ।
कार्यक्रममा मानव अधिकार निगरानी समूहका पदाधिकारीहरूले गाउँमा भोगिरहेका शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसँग सम्बन्धित समस्याहरू जिल्लास्थित सेवा प्रदायक निकायका प्रमुख तथा प्रतिनिधिहरू समक्ष राखेका थिए ।
कार्यक्रममा स्थानिय विकास अधिकारी राजेश पौडेलले सेवा प्रदायक निकायमा स्रोत साधनको अभावका कारण नागरिकहर्रूलई चाहेजस्तो सेवा दिन नसकिएको भएपनि सेवालाई अझ राम्रो र व्यवस्थित बनाउन सरोकारवालाहरू सबैलाई आग्रह गरेका थिए ।
कोमलनिरन्जन भाट
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको बैठक तथा वडा स्तरमा मानव अधिकार समूह गठन सम्पन्न
गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक तथा वडा स्तरीय मानव अधिकार समूह गठन माघ १७ गते माछापुच्छ्रे गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा कार्यपालिका सदस्य जमुना पुनले समूहले घुम्ती बैठक…
मानव अधिकार समूह र स्थानिय सरोकारवालाहरूको क्षमता अभिबृद्धि तालिम सुरू
इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलबस्तु नगरपालिकाको तौलिहवामा दुई दिने मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम माघ १३ गते सुरू भएको छ । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका उपमेयर…
सूर्तिजन्य पदार्थ नियमनको मागराख्दै मानव अधिकार रक्षक सञ्जालको नगरप्रमुखलाई ध्यानाकर्षण
सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रणको माग राख्दै मानव अधिकार रक्षक सञ्जालले वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । वीरेन्द्रनगरमा माघ १० गते नमुना कर्णाली मानव अधिकार रक्षक सञ्जाल…
बाल अधिकार समूहका सदस्यहरूकालागि तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा बाल अधिकार समूहका सदस्यहरूकालागि दुई दिने बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम कपिलवस्तुमा माघ ११ गते देखि सुरूभएको छ…
मानवअधिकारकर्मीहरूसंगको अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका केन्द्रिय कार्यालय व्यवस्थापन प्रमुख शुभेच्छा खड्का, डिसिएका कार्यक्रम व्यवस्थापक बालकृष्ण कट्टेलले मानव अधिकारसम्बन्धि प्रगति प्रतिवेदन तथा मानवअधिकार सहायता कक्षबारे जानकारी लिनुभएको छ । इन्सेक मधेस…