शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालमा टेलिभिजन संवाद सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुुम्बिनी प्रदेश कार्यालय र नेपाल टेलिभिजन कोहलपुरलगायत संघ संस्थाको सयुक्त आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालमा टेलिभिजन संवाद कार्यक्रम चैत २७ गते राप्ती सोनारी गाउँपालिकामा सम्पन्न भएको छ ।
इन्सेक प्रदेश संयोजक भोला महतले विगत तीन वर्षदेखि इन्सेकले राप्ती सोनारी गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको क्षेत्रमा काम गर्दै आइरहेकोमा राज्यका निकायले के कति काम गर्न सके त्यसको समीक्षा गर्ने बेला भएको बताउनु भयो ।
संयोजक महतले गाउँपालिकाले सम्पन्न गर्न नसकेका कामहरू आसन्न निर्वाचनबाट आउने प्रतिनिधिहरूले पहिलो प्राथमिकतामा राख्नु पर्ने पनि बताउनु भयो ।
गाउँपालिकाका अध्यक्ष लाहुराम थारूले विभिन्न संघ संस्थाको समन्वयमा गाउँपालिकाले ६० लाख रूपियाँ व्यहोर्ने गरी कार्यक्रम सञ्चालन गरेको बताउदै अपाङ्ता भएकालाई निलो र पहेलो कार्ड वितरण गर्ने विशेष कार्यक्रम रहेको बताउनु भयो ।
अध्यक्ष थारूले लक्षित वर्ग २५ लाख रूपियाँ बजेट रहेको, कृषिमा १ करोड रूपियाँ रहेको बताउदै धानबाली क्षतिको लागि प्रदेश सरकारले दिने राहत रकम बैंक खातामा पठाएको बताउनु भयो ।
गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले न्यायिक समितिमा ८० / ८५ मुद्दा मिलाएको बताउदै, योजना अनुगमन गरेको, विकासको कामले फड्को मारेको , बाढी प्रकोप, कोभिड विपद्का बाबजुद पनि गाँउपालिकाले १५ शैया अस्पताल स्थापना गर्नुको साथै नौ वटै वडामा स्वास्थ्य चौकी स्थापना गरेको, ६ वटा एम्बुलेन्सकाे व्यवस्था गरेको बताउनु भयो ।
प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले गाउँपालिका मातहतका कर्मचारीलाई नियमित निगरानी तथा सेवामा जोड दिइएको बताउदै कर्मचारीहरू राजनीतिक दलको प्रचार प्रसारमा लागेको पाइएमा कारबाही गर्ने, नागरिकलाई सर्व सुलभ तथा मुस्कानसहितको सेवा दिदै आएको बताउनु भयो ।
कार्यक्रमका सहभागिहरूले शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सम्बन्धी सवालमा विद्यालय अनुगमन हुनु पर्ने , बजार अनुगमन हुनु पर्ने निगरानी हुनुपर्ने, कृषि र पशु क्षेत्रमा बजेट न्यून भएकोले प्रभावकारी नभएको, अस्पतालमा औषधि अभाव भएको, कक्षा १० का विद्यार्थीहरूको नमूना परीक्षाकोसमय मनोमानी हिसाबले निर्धारण गरिएको लगायतका गुनासाहरू गरेका थिए ।
इन्सेक लुम्बिनी प्रदेश कार्याय नेपालगञ्ज
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–६ स्थित श्री महेन्द्र माध्यमिक विद्यालय ढल्केवरमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ । अनौपचारिक…
अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रमको वार्षिक समीक्षा कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को साझेदारीमा डब्लुपीडी नेपालले मनहरीमा सञ्चालित अधिकार तथा आर्थिक विकासमामार्फत महिला सशक्तीकरण कार्यक्रम (रिन्यु परियोजना) को वार्षिक समीक्षा कार्यशाला गोष्ठी ०८० असोज १३ गते सम्पन्न…
सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम
स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा मनहरी गाउँपालिका-३ मा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मनहरी गाउँपालिका-३ को सार्वजनिक सरोकार र महिलामाथि…
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालय नक्टाझिजमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र…
मनहरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम ०८० असोज ११ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा…