शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालमा अन्तरक्रिया
शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालमा सेवा प्रदायक निकायलाई थप जिम्मेवार बनाउने उद्देश्यले इन्सेक सिन्धुपाल्चोकद्वारा चैत २९ गते सेवाप्रदायक र सेवाग्राहीबिच जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम चौतारामा सम्पन्न गरिएको छ ।
कार्यक्रममा साहायक जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद सुवेदीले विद्यालय भन्दा बाहिर रहेका बालबालिकालाई विद्यालयमा भर्ना गराउन मानव अधिकार निगरानी समूहले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रबिकान्त मिश्रले निःशुल्क वितरण गरिने औषधिको सूची तत्काल सबै स्वास्थ्य संस्थामा टाँस गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।
त्यसैगरी कृषि विकास कार्यालयका बागवानी अधिकृत अच्युतराज मैनालीले बाली विरुवामा विषादी प्रयोग गर्नु भन्दा कम्पोष्ट मल प्रयोग गराउन जोड दिनुपर्ने बताए । जिल्ला पशुसेवा कार्यायका प्रमुख डा. कल्याणकुमार श्रेष्ठले बजार अनुगमनमा जोड दिनु पर्ने बताए ।
नातिबावु धिताल
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल अधिकार समूहद्वारा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक सडक नाटक प्रदर्शन
मध्यविन्दुमा रहेको नेपाल लोक सेवा माध्यमिक विद्यालयमा इन्सेकद्वारा गठन भएको बाल अधिकार समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा मङ्सिर १६ गते विद्यालय परिसरमा सचेतनामूलक सडक नाटक प्रदर्शन गरेको हो…
मानवअधिकार समूहको प्रदेशस्तरीय परिचालन बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा कास्की को मादी गाउँपालिका र माछापुच्छ्रे गाउँपालिका साथै नवलपुरको देवचुली नगरपालिका र मध्यविन्दु नगरपालिकामा गठित मानवअधिकार समूहको प्रदेशस्तरीय परिचालन बैठक ०८० मङ्सिर १६ गते…
लैगिंक हिंसा विरूद्धको अभियानको अवसरमा मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी सचेतना मूलक सडक नाटक प्रदर्शन
कपिलवस्तु नगरपालिका– ३ स्थित श्री यशोधरा मावि तौलिहवामा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूह र मानव अधिकार समूह कपिलवस्तुको आयोजना , कपिलवस्तु नगरपालिका– १ र ३ को वडा कार्यालयको समन्वयमा…
बालअधिकार समूहको प्रदेशस्तरीय सन्जाल बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित कास्की र नवलपुरका बालअधिकार समूहको प्रदेशस्तरीय सन्जाल बैठक ०८० मङ्सिर १६ गते पोखरामा सम्पन्न भएको छ । बैठकमा बालअधिकार समूहका गण्डकी प्रदेशका अध्यक्ष…
लैङ्गिक विभेद विरुद्ध सचेतना मुलक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न राक्सिराङ गाउँपालिका-३, पलासेस्थित सूर्योदय माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर १५ गते लैङ्गिक विभेद विरुद्ध सचेतना मुलक…