शिक्षा, स्वास्थ्य र खाद्यलाई प्राथमिकतामा राखी योजना छनौटः मेयर गौली
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा पुस २८ गते भानु नगरपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रममा नगरपालिकाका मेयर उदयराज गौलीले प्रत्येक टोल टोलमा छलफल गरी वडाबाट आफ्ना जनताको आवश्यकता र चाहना अनुरुपका योजनाहरु छनोट गर्दै आएको बताउनुभयो ।
तनहुँको भानु नगरपालिकाले शिक्षा, स्वास्थ्य र खाद्यलाई प्राथमिकतामा राखी योजना छनौट गरेको नगरपालिकाले जनाएको छ । उहाँले योजना छनौट गर्दा शिक्षा र स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकता दिन अनुरोध गरिएको बताउनुभयो ।
शिक्षा र स्वास्थ्यमा लगानी गर्दा त्यसले दिर्घकालिन रुपमा जनताहरुलाई लाभ हुने हुँदा नगरपालिकाले त्यसलाई नै प्राथमिकतामा राखेको मेयर गौलीले बताउनुभयो ।
कार्यक्रममा नगरपालिका उपमेयर आशा थापाले स्थानीय सरकारप्रति जनताका अपेक्षाहरु धेरै भएकाले एकै पटकमा सबै पुरा नहुँने बताउनुभयो ।
प्राथमिकताका आधारमा पहिला पुरा गनुपर्ने आवश्कता र बिस्तारै गरे पनि हुने बीच तालमेल मिलाएर क्रमिक विकासमा नगरपालिका लागी परेको उहाँको भनाइ थियो ।
कार्यक्रममा आधारपत्र प्रस्तुत गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रदेव पाण्डेले शिक्षा, स्वास्थ्य, खाद्य र आवास जनताका प्रमुख आवश्कयता भएकाले यस सम्बन्धी योजनाहरुलाई विशेष प्रथामिकता दिएको बताउनुभयो ।
नगरपालिकाको पहिलो पटकको बजेट भौतिक पुर्वाधारमा मात्र समिति भएपनि अहिले शिक्षा, स्वास्थ्यको क्षेत्रमा पनि राम्रो बजेट छुट्याएको उहाँले बताउनुभयो ।
नगरपालिका भित्रका सबै ६० वटा सामुदायिक विद्यालय र २ वटा नगरस्तरीय अस्पतालबाट गुणस्तरीय सेवा प्रदान गर्दै आएको उहाँले बताउनुभयो ।
८४ वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य परिक्षण, प्रत्येक हप्ता निःशुल्क स्वास्थ्य परिक्षण, डोर टु डोर नर्सिङ सर्भिस लगायतका स्वास्थ्य सम्बन्धी लोकप्रिय कार्यक्रम सञ्चालन गरेको पाण्डेले जानकारी दिनुभयो ।
कृषिमा हाल देखिने गरी कार्यक्रम नभएपनि विभिन्न किसिमका अनुदान वितरणका कार्यक्रम गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
आर्थिक, सामजिक तथा सांस्कृतिक अधिकार अन्तर्गत शिक्षा, स्वास्थ्य, खाद्य र आवासका सवालमा स्थानीय तहको सेवा प्रदानको अवस्था र सेवाग्राहीको आवश्यकता सम्बन्धमा जानकारी को लागि सो कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा सहभागीहरुले स्वास्थ्य केन्द्रमा औषधीको उपलब्धता, उत्पादन र बजारीकरणमा समस्या भएको, शिक्षाको अनुगमन, तालिम पर्याप्त नभएको र औपचारिकतामा मात्र समित भएको, तालिम लक्षित वर्गसम्म नपुगेको, दलित बस्तीहरुमा छिटो विवाहको समस्या, विषादी परिक्षण प्रविधिको आवश्यकता रहेको र अनुदान पनि लक्षित वर्गसम्म नपुगेको, पशु प्राविधिकहरुको अभाव भएको लगायतका विषयमा जिज्ञासा राख्नुभएको थियो ।
सो कार्यक्रममा उठेका सवालहरुमा प्रसाशकीय अधिकृत पाण्डे, स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराई पशु तथा कृषि शाखा प्रमख खिमकुमार श्रेष्ठले जवाफ दिनुभएको थियो । मानव अधिकार समुह भानुका संयोजक कृष्णराज धमनियाको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित इन्सेक गतिविधिहरू
बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग
डिसीएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा ०८१ चैत ४ गते बलात्कार घटनाकी पीडित २२ वर्षीया महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।…
वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न
इन्सेकले चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ०८१ चैत ३ गते स्थानीय तहमा वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा जवाफदेही वक्ता र सहभागीहरूले फोहोर व्यवस्थापन मुख्य चुनौती भएको बताएका छन् । सङ्घीय…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको आयोजना र डिसिएका अर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ फागुन २९ गते जनकपुरधाममा सम्पन्न भएको छ । बैठकमा इन्सेक…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भएका कारण सामुहिक बलात्कारमा पर्नुभएकी १३ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि फागुन २९ गते पीडित परिवारलाई १० हजार रुपियाँ सहयोग गरेको छ । इन्सेक रुपन्देही…
बलात्कार घटनाको पीडित बालिकालाई इन्सेकको सहयोग
१४ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ चैत १ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ…