शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पाल्पाको आयोजनामा शिक्षा स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया कार्यक्रम पुस २६ गते बगनासकाली गाउँपालिकामा सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक पोखराकी कार्यक्रम अधिकृत सवनम शर्माले इन्सेकले सञ्चालन गरेको इएलपी कार्यक्रमबारे जानकारी गराउँदै बगनासकाली-७ खानीगाउँ र ९ चापपानीका शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारको अवस्था र समस्याहरूबारे जानकारी गराइन् । उनले यसप्रकारको कार्यक्रमले सेवाप्रदायक र सेवाग्राहीबिचको काममा समेत सहयोग पुग्ने बताइन् ।

कार्यक्रमका सहभागीहरूले गाउँपालिकाको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा रहेका सवल पक्ष र सुधार गर्नुपर्ने पक्षहरू प्रस्तुत गरेका थिए । सेवाग्राहीहरूको जिज्ञाशाको जवाफ दिँदै बगनासकाली गाउँपालिकाका शिक्षा संयोजक मणी खनाल, स्वास्थ्य संयोजक मणिराज अधिकारी, कृषि संयोजक सन्तोष जिसी, पशु सेवा केन्द्र चापपानीका प्रमुख अमर कार्कीले सेवाग्राहीहरूको सुझाव अनुसार आगामी कार्यक्रमहरूलाई अगाडि बढाइने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालले अब स्थानीय तहमा धेरै अधिकारहरू आएकोले स्थानीय तहहरूले लक्षित समुदायमैत्री कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताए ।

1

1

1

1

यज्ञमूर्ति तिमल्सिना