शिक्षा, स्वास्थ्य, महिला हिंसा तथा भेदभाव विरुद्ध जनचेतनामूलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा श्री जनता माध्यमिक विद्यालय नक्टाझिजमा गठित बाल अधिकार सचेतना समूहका बालबालिकाहरूले ०८० कात्तिक २२ गते मिथिला नगरपलिका–१ लक्ष्मीनिवास चौकमा सडक नाटक प्रदर्शन गरेका छन् ।
बाल अधिकार सचेतना समूहले शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका असमानता तथा विभेद र महिला हिंसा तथा महिलाविरुद्ध हुने सबै किसिमका भेदभाव विरुद्ध जनचेतनामूलक सडक नाटक प्रदर्शन गरेका हुन । साथै ती असमान व्यवहार तथा विभेदले मानाव जीवनमा पर्ने असरलाई समेत बालबालिकाहरूले नाटकको माध्यमद्वारा त्यहाँ उपस्थित स्थानीय दर्शक तथा समुदाय समक्ष प्रस्तुत गर्दै बौद्धिक वर्ग, समाजसेवी, शिक्षक तथा सरोकारवाला निकायहरूलाई ध्यानाकर्षण गराएका थिए ।
उक्त कार्यक्रममा इन्सेक केन्द्रीय कार्यलयबाट इन्सेक अनलाइनका प्रधान सम्पादक मदन पौडेल, मधेस प्रदेश कार्यलयका सहायक अधिकृत बरुण बस्याल र सप्तरी जिल्ला सहजकर्ता अजय परियार लगायतको उपस्थिति रहेको थियोे ।
प्रधान सम्पादक मदन पौडेलले सडक नाटक अलि छोटो समयको हुनुपर्छ भन्ने सुझाव दिनुको साथै प्रस्तुत सडक नाटकको प्रशंसा र सहभागी बालबालिका तथा समूहलाई धन्यवादसमेत दिनु भयो ।
सडक नाटक प्रदर्शनमा ललित महतो, धर्मेन्द्र कुमार महतो, उज्जल कुमार महत्तो, करण कुमार सिंह, रूप नारायण महत्तो, प्रिन्स कुमार साह, अभिषेक कुमार महत्तो, सुजिता कुमारी महत्तो, कामना कुमारी महत्तो, लगायतको सहभागी थियो ।
सन्तोषकुमार यादव
सम्बन्धित इन्सेक गतिविधिहरू
स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला सम्पन्न
मादी गाउँपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशद्वारा गठित मानवअधिकार समूहको आयोजनामा स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला ०८० मङ्सिर २२ गते सम्पन्न भएको छ । कार्यक्रममा मादी गाउँपालिका– ४…
लैङ्गिग हिंसा विरुद्धको १६ दिने अभियान को अवसरमा सामुदायिक वनमा लैङ्गिग हिंसाको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
लैङ्गिग हिंसा विरुद्धको १६ दिने अभियान को अवसरमा कावासोतीमा सामुदायिक वनमा लैङ्गिग हिंसाको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम २०८० मङ्सिर २३ गते सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको…
बाल अधिकार समूहद्वारा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक र्याली
देवचुली – ९ मा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा इन्सेकद्वारा गठित कालिका बाल अधिकार समूह ले २०८० मङ्सिर २२ गते सचेतनामूलक र्याली निकालेका छन् । कालिका माध्यमिक विद्यालयको…
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बाल अधिकार चेतना समूहद्वारा सडक नाटक प्रर्दशन
इन्सेकको सहयोगमा कैलारी गाउँपालिकास्तरीय मानव अधकार समूह, बाल अधिकार चेतना समूह र राष्ट्रिय माध्यामिक विद्यालयको संयुक्त आयोजनामा बाल अधिकार चेतना समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर २२…
अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
७५ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा मानवअधिकार महाभेला गण्डकी प्रदेश, राष्ट्रिय मानव अधिकार आयोग र गण्डकी प्रदेश सरकारको आयोजनामा मङ्सिर २२ गते पोखरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा…