शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अवस्था विषयक सार्वजनिक सुनुवाइ सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को आयोजना तथा मानव अधिकार समूहको समन्वयमा विनयी त्रिवेणी गाउँपालिकामा जेठ ३१ गते शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ ।
इन्सेक नवलपरासी पूर्वका जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले इन्सेकले विनयी त्रिवेणी गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी आयोजना गरेको विभिन्न कार्यक्रम, त्यहाँ उठेका सवालहरूको बारेमा जानकारी गराउनुभएको थियो ।
उहाँले निःशुल्क शिक्षा कार्यान्वयन, स्वास्थ्य संस्थामा निःशुल्क औषधिको उपलब्धता, नियमित बजार अनुगमन तथा खाद्य उपलब्धता र भूमिहिन सुकुम्बासी तथा सामान्तकृत समुदायमा आवासको सवालहरू, विभिन्न स्थानमा आयोजना भएको कार्यक्रममा सवालको रूपमा पहिचान भएको बताउनु भयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशकुमार गौडले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको क्षेत्रमा गरिरहेको कार्यहरूको बारेमा जानकारी गराउनु भएको थियो ।
उहाँले अब बन्ने नीति तथा कार्यक्रम मार्फत मानव अधिकारको सवालहरूमा थप कार्यक्रमहरू ल्याउने प्रतिबद्धता जनाउनु भयो ।
विगतको वर्षमा इन्सेकको सहकार्यमा गाउँपालिकाले मानव अधिकारको विषयमा तीन ठाउँमा कार्यक्रम समेत सञ्चालन गरेको स्मरण गर्दै उहाँले अधिकारको रक्षाको लागि सबै लाग्नुपर्ने बताउनु भयो ।
उहाँले गाउँपालिकामा शिक्षा र स्वास्थ्यको क्षेत्रमा प्राथमिकताको साथ काम भइरहेको भन्दै नयाँ जनप्रतिनिधिहरू समेत निर्वाचित भई आएको अवस्थमा अब आउने कार्यक्रममा मानव अधिकारका सवालमा थप योजनाहरू अगाडि बढाइने बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित इन्सेक गतिविधिहरू
वातावरणीय मानव अधिकार रक्षक सञ्जालको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र डिसिएको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय वातावरणीय मानव अधिकार रक्षक सञ्जालको बैठक असोज १६ गते नेपालगञ्जमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेश संयोजक भोला महतले …
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–६ स्थित श्री महेन्द्र माध्यमिक विद्यालय ढल्केवरमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ । अनौपचारिक…
अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रमको कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले डब्लुपीडी नेपालको सहयाेगमा मनहरीमा सञ्चालित मानव अधिकार र महिला सशक्तिकरण कार्यक्रमको कार्यशाला गोष्ठी ०८० असोज १३ गते सम्पन्न भएको छ । महिला समूह गठन…
सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम
स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा मनहरी गाउँपालिका-३ मा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मनहरी गाउँपालिका-३ को सार्वजनिक सरोकार र महिलामाथि…
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालय नक्टाझिजमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र…