शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार विषयक अन्तरक्रिय

  ०७९ वैशाख १४ गते

खाँडादेवी गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार विषयक अन्तरक्रिय कार्यक्रम ०७९ वैशाख १४ गते सम्पन्न भएको छ ।

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको विषयमा संविधानमा भएको व्यवस्था र व्यहारमा त्यसको कार्यान्वयनको अवस्थाको बारेमा छलफल गर्न अन्तरक्रिया कार्यक्रम आयोजन गरिएको हो ।

कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधिले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको अन्तराष्ट्रिय तथा राष्ट्रिय व्यवस्थाको बारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रमका बोल्दै स्वास्थ्य चौकी माकादुमकी इञ्चार्ज सरिता चौहानले स्वास्थ्य संस्थामा भौतिक संरचना व्यस्थित नहुँदा सेवा प्रवाहमा समस्या हुने गरेको बताउनुभयो ।

त्यस्तै सरकारले निःशुल्क उपलब्धन गराउने औषधि समेत बेला बेलामा अभाव हुँदा बिरामीको उपचारमा कठिनाइ हुने गरेको उहाँले अनुभव सुनाउनुभयो ।

विष्णु जनज्वति मावि माकादुमका प्रधानाध्यापक गणेश केसीले शिक्षा क्षेत्रको विकासको लागि सरकारको बजेट अझै कमी भएको बताउनुभयो ।

अहिले पनि प्राथमिक तहका शिक्षकको भरमा माध्यामिक तहका कक्षा सञ्चालन गर्नुपर्ने समस्या रहेको उहाँले बताउनुभयो ।

खाँडादेवी गाउँ कार्यपालिका सदस्य हरिमाया दमिनीले स्थानीय सरकारले सिमित स्रोतकाबीचमा पनि शिक्षा क्षेत्रको विकासको लागि काम गरिरहेको बताउनुभयो ।

उहाँले शिक्षक अभिभावकको पनि शिक्षाको गुणस्तर सुधारमा ध्यान जानुपर्ने बताउनुभयो ।

पूर्व वडाध्यक्ष पदमबहादुर बुढाथोकीले स्थानीय सरकारको कृषक लक्षित कार्यक्रम प्रभाकारी हुन नसकेको बताउनुभयो ।

उहाँले जग्गा बाँझिदै जाँदा खाद्य सङ्कट बढ्दै गएको बताउनुभयो । व्यवसायिक कृषिमा जोड दिन उहाँले स्थानीय सरकारलाई आग्रह गर्नुभयो ।

खाँडादेवी गाउँपालिका–६ का वडा सचिव मोहन केसीले भूकम्प पछिको पुननिर्माणको काम करिब सम्पन्न भएको बताउनुभयो  । केही उजुरीको निर्णय हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

20220427_140349 20220427_140703 20220427_144847

नबराज पथिक