शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा सार्वजनिक सुनुवाइ
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सुनसरीको आयोजना, भोक्राहा नरसिंह गाउँपालिकासहित विभिन्न विषयगत शाखा र भोक्राहा नरसिंह गाउँस्तरीय मानव अधिकार समूहको समन्वयमा शिक्षा,स्वास्थ्य,खाद्य र आवास अधिकारका सवालमा सार्वजनिक सुनुवाइ कार्यक्रम चैत २० गते चिरौलीमा सम्पन्न गरिएको छ ।
कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिका–३ की दुलारी ठाकुरले शिक्षामा अझै पनि पहुँच स्थापित गर्नुपर्ने आवश्यकता औल्याउनु भयो । केही वडामा राजनीतिक र जातीय पहँुचका आधारमा विकास हुने गरेको ठाकुरले बताउनु भयो ।
सार्वजनिक सुनुवाइमा पवित्रादेवी यादवले गाउँमा विपन्न, पिछडिएका र लक्षित वर्गलाई आवश्यक भएका कार्यक्रम भन्दा पनि कर्मचारी र नेताले आफू नजिकका व्यक्तिहरूलाई तालिम गोष्ठीमा सहभागी गराउने गरेको बताउनु भयो । उहाँले शिक्षामा गुणस्तर तथा स्वास्थ्यमा नियमित औषधि तथा उपकरणको व्यवस्था गर्नु पर्ने माग गर्नु भयो ।
ललिता मेहताले महिला, बालबालिका, शिक्षा, स्वास्थ्य, कृषि, पशु र ज्येष्ठ नागरिकका लागि समेत सशर्त बाहेकका गाउँपालिकामा कुनै विशेष खालको कार्यक्रम सञ्चालन नभएको गुनासो गर्नु भयो ।
जनता मावि शिवगञ्जमा कक्षा ९ मा अध्यनरत सुशिला मण्डलले विद्यालयमा खेलकुदका लागि पर्याप्त सामग्री र आवश्यक बजेटको समेत व्यवस्था गर्नुपर्ने माग गर्नु भयो ।
मानव अधिकार समूहकी अध्यक्ष ममता उराँवले शिक्षामा गुणस्तरसहित गाउँ र राजमार्ग क्षेत्रका बजार अनुगमन र मूल्य निर्धारण गर्नुपर्नेमा जोड दिनु भयो ।
स्थानीय मनोज कुमार मेहताले सुकुम्बासीहरूको लागि आवासको व्यवस्था गर्नुपर्ने र भूमिहीनहरूको फारम भर्ने कार्यलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो ।
भोक्राहा नरसिंह गाउँपालिका स्वास्थ्य शाखा प्रमुख आलम अञ्सारीले पालिकाले स्वास्थ्य क्षेत्रमा सबैको पहुँच पुग्ने गरी काम गरेको बताउनु भयो । साविकको दुई ओटा स्वास्थ्य संस्थालाई पालिकाका ८ ओटै वडामा विस्तार गरेको, अस्पतालका लागि प्रकृया अगाडि बढेको बताउनु भयो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाका उपाध्यक्ष पुनमकुमारी मेहताले गाउँका नागरिकहरू आफ्नो अधिकारका लागि सचेत भएर अगाडि बढ्नुपर्ने बताउन ुभयो । उहाँले गाउँमा आफूहरूको कार्यकालमा निकै परिवर्तन भएको र विकासको अनुभूति नागरिकले गर्न पाएको दावी गर्नु भयो ।
उपाध्यक्ष यादवले सीमित स्रोत साधनका बीचमा असल कामहरू र कार्यक्रमहरू विद्यालयको स्तोरोन्नती, स्वास्थ्य संस्था प्रसूति गृहसञ्चालन, २ सय ९० परिवारलाई आवास कार्यक्रम अन्तरगत घरको व्यवस्था, सहकारीमार्फत मल विउँ वितरण, अनुदानमा मल विउँ वितरण , कृषिमा लागेका किसानलाई प्रोत्साहन कार्यक्रम गरेको बताउनु भयो ।
गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवले लक्षित समूह पछाडि पर्ने गरेको सत्य भएको बताउँदै उहाँले आफूहरूले छानबिन गरेर मात्रै सिफारिस दिने गरेको बताउनु भयो । उहाँले कार्यक्रमका उठेका विषयहरूलाई गम्भीरताका साथपालिकाको कार्यपालिका बैठकमा पेश गर्ने बताउनु भयो । यादवले विकासका कामबाट नागरिकहरू खुसी भएको बताउनु भएको छ ।
जयकृष्ण यादव
सम्बन्धित इन्सेक गतिविधिहरू
जिल्ला स्तरीय सिफारिस संयन्त्र गठन
मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाका पीडितलाई उचित सेवा प्रदान गर्नका लागि सहयोग पु¥याउने उद्देश्यले रुकुम पश्चिम जिल्लामा जिल्ला स्तरीय सिफारिस संयन्त्र गठन गरिएको छ । इन्सेकको आयोजनामा असार २०…
अन्नपूर्णलाई बालमैत्री गाउँपालिका बनाउन सरोकारवाला प्रतिबद्ध
अन्नपूर्ण गाउँपालिकामा असार १९ गते सम्पन्न बालमैत्री स्थानीय शासन प्रवर्धनसम्बन्धी अभिमुखिकरण कार्यक्रममा बालमैत्री गाउँपालिका बनाउन सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी र सामाजिक विकास कार्यालय…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम २०७९ असार १६ गते जिल्ला समन्वय समितिको सभाहल ललितपुरमा सम्पन्न भएको…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सप्तरीमा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व राजविराजमा असार १६ गते अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरिएको छ ।…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि असार १५ गते बीरगंजमा सम्पन्न गरिएको छ । जिल्लामा पछिल्लो ६…