शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारको समस्या पहिचान कार्यक्रम सम्पन्न

  ०७७ कात्तिक १७ गते

खाँडादेवी गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसँग जोडिएका समस्याको पहिचान गरिएको छ । इन्सेकको आयोजनामा ०७७ कात्तिक १६ गते मानव अधिकार समूह र सरोकारवालसँग भएको छलफलमा समस्या पहिचान गरिएको हो ।

शैक्षिक Photoramechhap20201101क्षेत्रको समस्याको बारेमा भएको छलफलमा अब प्रविधिको प्रयोग नगरी शैक्षिक क्रियाकलाप सञ्चालन हुन नसक्ने देखिएको त्यस तर्फ बजेट विनियोजन र जनशक्ति तयार गर्नुपर्ने सरोकारवालाले बताएका छन् ।

यसैगरी समुदायको समेत शिक्षा प्रति चासो बढाउने कार्यक्रम आवश्यकता रहेको कुरा पहिचान भएको छ ।

स्वास्थ्य क्षेत्रमा पूर्वाधार, औषधि, उपकरण र जनशक्तिको अभाव नै समस्याको रूपमा रहेको स्थानीयले बताएका छन् । यसको लागि स्थानीयदेखि केन्द्र सरकार समेत कार्यक्रम र बजेट बनाउनु पर्नेमा उनीहरुको जोड छ ।

कृषिमा अहिले पनि पर्याप्त बजेट विनियोजन नहुनु, प्रविधि र प्राविधिकको अभाव, भएका प्राविधिकको पनि उचित परिचालनमा समस्या, औषधि, विषादी र बिउबिजनको अभाव तथा वितरण प्रणालीमा असमनाता लगायतका समस्या रहेको सर्वसाधारणको भनाइ छ ।

छलफलमा मानव अधिकार समूह, स्थानीय अगुवा, शिक्षक, स्वास्थ्यकर्मी, राजनीतिक दलका कार्यकर्ता लगायतको सहभागिता थियो ।

नवराज घिमिरे