शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी सेवा प्रवाहको अवस्था बिषयक अन्तरक्रिया सम्पन्न
स्थानीय तहमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी सेवा प्रवाहको अवस्था बिषयक अन्तरक्रिया कार्यक्रम चैत्र १७ गते डडेल्धुरामा सम्पन्न भएको छ ।
मानव अधिकार समुहको आयोजना तथा इन्सेकको सहयोगमा जिल्ला सदरमुकाममा सो कार्यक्रम सम्पन्न भएको हो ।
मानव अधिकार समुहका अध्यक्ष विष्णु भट्टले जिल्लाका स्वास्थ्य संस्थाहरुमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा तथा निःशुल्क पाइने औषधिको अभाव हुँदा नागरिकहरु प्रभावकारी रुपमा स्वास्थ्य उपचार पाउनबाट वञ्चित हुनु परेको बताउनु भयोे ।
उहाँले भन्नु भयो– ‘सम्बन्धीत निकायहरुमा यसका बारेमा पटकपटक पहल गर्दा समेत समस्या सामाधान हुन सकेको छैन् ।’
महिला मानव अधिकारकर्मी सुनीता गैरेले सदरमुकामका बजारमा अखाद्य वस्तुहरु बिक्रीवितरण भइरहेको भएपनि सम्बन्धीत निकायहरुले अनुगमन गर्न नसक्दा नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको बताउनु भयो ।
उहाँले किसानहरुलाई सहुलियत रुपमा विउ विजन तथा मलखादहरु उपलब्ध हुन नसक्दा समस्या हुने गरेको बताउनु भयो ।
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले राज्य पक्षबाट नीति निर्माण गरिएको भएपनि प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा नागरिकहरुले अधिकारको महसुस गर्न नसकेको बताउनु भयो ।
नागरिकका अधिकारका विषयमा आफूहरुले अवाज उठाउँदै आएको बताउँदै जोशीले सम्बन्धीत निकायहरुलाई थप सचेत र जिम्मेवारी बहन गर्न आग्रह गर्नु भयो ।
भूपेन्द्र बिष्ट
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–६ स्थित श्री महेन्द्र माध्यमिक विद्यालय ढल्केवरमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ । अनौपचारिक…
अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रमको वार्षिक समीक्षा कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को साझेदारीमा डब्लुपीडी नेपालले मनहरीमा सञ्चालित अधिकार तथा आर्थिक विकासमामार्फत महिला सशक्तीकरण कार्यक्रम (रिन्यु परियोजना) को वार्षिक समीक्षा कार्यशाला गोष्ठी ०८० असोज १३ गते सम्पन्न…
सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम
स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा मनहरी गाउँपालिका-३ मा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मनहरी गाउँपालिका-३ को सार्वजनिक सरोकार र महिलामाथि…
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालय नक्टाझिजमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र…
मनहरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम ०८० असोज ११ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा…