शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सावालमा टेलिभिजन सम्वाद
खाँडाचक्र नगरपालिकाको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा टेलिभिजन सम्वाद कार्यक्रम इन्सेक कर्णाली प्रदेश कार्यालयको आयोजना तथा नेपाल टेलिभिजन प्रसारण केन्द्र कोहलपुरको सहकार्यमा चैत १७ गते मान्ममा सम्पन्न गरिएको छ ।
इन्सेक कर्णली प्रदेशद्वारा खाँडाचक्र नगरपालिकामा सञ्चालित शिक्षा, स्वास्थ्य, खाद्य र आवासका आधिकार अभिवृद्धि परियोजना अन्तर्गत टेलिभिजन सम्वाद कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारको अवस्थालाई सुधार गर्न, जिम्मेवार निकायलाई जबाफदेही बनाउने, नागरिकका दैनिक जीवनसँग जोडिएका विषयमा वकालत गर्न कार्यक्रम राखिएको बताउनु भयो ।
कार्यक्रममा खाडाचक्र नगरपालिका–१ की लक्ष्मी वादीले ६२ वर्षको उमेरमा इन्सेकको सहयोगमा नागरिकता बने पनि बिहान बेलुका छाक टार्न मुस्किल भएको गुनासो राख्नु भयो ।
मानव अधिकार समूह खाँडाचक्रका सचिव कपुरे विश्वकर्माले नगरपालिकामा खेताला शिक्षक राख्ने प्रथा कायमै रहेको, प्रविधिक जनशक्तिको अभाव रहेको, दक्ष जनशक्ति पाठ्य पुस्तकको अभाव लगायतका समस्या रहेकाले नगरपालिकाले समाधान गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा आफ्नो प्रतिबद्धता राख्दै नगरपालिका प्रमुख जसीप्रसाद पाण्डेले नागरिकका समस्या समाधान गर्न र कार्यक्रममा उठेका सवालहरूको तत्काल सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
बजार अनुगमन नभएको, अखाद्य वस्तुको विक्री वितरण भएको, अव्यवस्थित मासु पसलका विषयमा अनुगमन गरी व्यवस्थित गर्ने प्रतिबद्धता जनाउनु भयो ।
जिल्ला स्वास्थ्य कार्यलयका निमित्त प्रमुख कटक महतले स्वास्थ्य क्षेत्रमा उठेका सवाललाई गम्भीर रूपमा लिँदै उचित सम्बोधन गर्ने धारण राख्नु भयो ।
कालीबहादुर मल्ल
सम्बन्धित इन्सेक गतिविधिहरू
न्यायिक समितिको कार्यमा सुधार हुन आवश्यक : जिसस प्रमुख शाही
जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले न्यायिक समितिको कार्यमा सुधार हुन आवश्यक रहेको बताउनु भएको छ । सामाजिक र पारिवारिक विवाद समाजमै निरुपण गर्न स्थानीय सरकारको जिम्मेवारी भएकाले सबैलाई अपनत्व…
इन्सेक र लेखापरीक्षक टोलीद्वारा कार्यक्रमको अनुगमन सम्पन्न
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र लेखापरीक्षकको टोलीद्वारा घोडाघोडी नगरपालिकामा सञ्चालन भइरहेको स्थानीय समुदायलाई सचेत पार्दै सरोकारवाला निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गतका गतिविधिहरुको चैत ८ गते अनुगमन गरिएको छ ।…
मादीमा वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न
कास्कीको मादी गाउँपालिका वडा नं. ३ मा वातावरण संरक्षण तथा अधिकार सम्बन्धी कार्यशाला चैत ७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहद्धारा आयोजित कार्यशालामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण…
सचेत नागरिकले विभेद विरुद्ध बोल्नैपर्छ : प्रमुख शाही
जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले समाजका सचेत नागरिकहरुले विभेद र असमानता विरुद्ध बोल्न सुरु नगरे जातीय विभेद हट्न नसक्ने बताउनुभएको छ । अन्तरराष्ट्रिय जातिभेद तथा रङ्गभेद विरुद्धको दिवसको…
बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मिथिला नगरपालिका–६ ढल्केवरस्थित श्री महेन्द्र माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले बालविवाह र दइजो प्रथाविरुद्ध चैत ३ गते ढल्केवरको पूर्वारी चोकमा सडक नाटक…