शिक्षा , स्वास्थ्य, खाद्य र आवासको सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा पुतलीबजार नगरपालिकामा असोज २९ गते शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
मानव अधिकार संरक्षण र सम्वर्द्धनको लागि राज्यको जबाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धि कार्यक्रम अन्तर्गत सम्पन्न गरिएको उक्त कार्यक्रममा विषयगत शाखाका प्रमुखबाट शिक्षा,स्वास्थ्य,खाद्य र आवासको सवालमा नगरपालिकाको आर्थिक वर्ष ०७७\७८ को नीति तथा कार्यक्रम र गत आर्थिक वर्षमा सम्पन्न भएको क्रियाकलापहरु बारे छलफल भएको थियो ।
कार्यक्रममा पुतलीबजार नगरपालिकाले शिक्षामा गरेको कार्य तथा नीति नियम अनि यसै वर्षमा गरिने योजनाका विषयमा पुतलीबजार नगरपालिका शिक्षा शाखा प्रतिनिधि बलराम दोरङ्गाले शिक्षाको कार्यक्रममा नगरस्तरिय नमुना युवा सासंद तालिम, ६ कक्षा देखि माथि संञ्चालन भएका निम्न माध्यमिक तह देखि १२ कक्षा सम्मको २७ ओटा विद्यालयलाई सेनेटरी प्याड र प्याड डिस्पोजल मेसिन वितरण गरेको, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घसँग मेयर कार्यक्रम, प्रधानाध्यापकसँग मेयर कार्यक्रम र विद्यार्थीसँग मेयर कार्यक्रम संञ्चालन गरेको, किशोरीको लागि क्रिकेट कार्यक्रम र शिक्षकलाई अनलाइन तालिमको व्यवस्था भएको बताउनुभयो ।
यसका साथै नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद काफ्लेले स्वास्थ्यसम्बन्धी मौलिक हकका विषयमा बोल्दै पुतलीबजार नगरपालिका भित्र १० ओटा स्वास्थ्य चौकी तीन ओटा शहरी स्वास्थ केन्द्र, पाँच सुत्केरी सेवा तथा तीन सुरक्षित गर्भपतन सेवा रहेको जानकारी दिनुभयो ।
उहाँले यसै वर्ष स्वास्थ्यमा ३८ लाख रुपियाँ विनियोजन गरिएको पनि जानकारी दिनुभयो र स्वास्थ्यसम्बन्धी नगरपालिकामा सम्पन्न गरिएको कार्यक्रम र कोभिड १९ को अवस्थाका बारेमा प्रस्तुती गर्नुभयो ।
पुतलीबजार नगरपालिका भित्र कृषिका गतिविधि र नगरपालिकाले गरेको कामका बारेमा बोल्दै कृषि शाखा प्रतिनिधि कमला जैसीले नगरपालिकाको गत आर्थिक वर्षको सम्पन्न कार्यक्रम र ०७७\७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । उहाँले कृषिमा गरिदै आएको अनुदान कार्यक्रमहरुका साथै पकेट क्षेत्र कायम गरी योजना अनुरुप काम गरिने जानकारीका साथै अति दुर्लभ हुन लागेको कोदो खेती को पुनःउत्पादन बढाउन किसानलाई उत्प्रेरित गर्दै एक मुरी कोदो उत्पादन गर्ने किसानलाई ५ सय रुपियाँ पुरस्कार दिने योजनाको पनि जानकरी दिनुभयो ।
उहाँले आगामी कार्यक्रमहरुमा कृषि तथा पशु बीमा कार्यक्रम, हाट बजार केन्द्र निर्माण, उत्कृष्ट कृषक तथा उद्यमी प्रोत्साहन कार्यक्रम, आँधिखोलामा माछा भुरा राख्ने, कृषक दर्ता व्यवस्थापन कार्यक्रम आदि रहेको बताउनुभयो ।
वडा नं १३ का वडाअध्यक्ष ख्याम नारायण अधिकारीले आवासका विषयमा बोल्नुभएको थियो । यसका साथै उहाँले इन्सेक भनेको मानव अधिकारको विषयमा काम गर्ने उत्कृष्ट संस्था भएको र मानिसका लागि नभइ नहुने चार अधिकारका विषयमा इन्सेकले राम्रो काम गर्दै आएको कुरा बताउनुभयो ।
उहाँले स्थानीय सरकारलाई पनि नीति नियम अनुसार काम गरेको छ की छैन , विपन्न वर्गले पाउनुपर्ने सेवा सुविधा पाएका छन् कि छैनन् , भनी खबरदारी गरेको र मानव अधिकार समूहमार्फत विभिन्न गतिविधिहरुको मूल्याकंन गरिएको बताउनुभयो ।
कार्यक्रममा एक सहभागी जुद्दबहादुर थापाले इन्सेकले यस्तै सूचना मुलक कार्यक्रमहरु अझै बढी गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
मानव आधिकार समुहका संयोजक तारकबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा २५ जनाको सहभागिता रहेको थियो भने कार्यक्रम सञ्चालन सहजकर्ता सृजना थापाले गर्नुभएको थियो ।
तिलकुमारी थापा
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–६ स्थित श्री महेन्द्र माध्यमिक विद्यालय ढल्केवरमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ । अनौपचारिक…
अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रमको वार्षिक समीक्षा कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को साझेदारीमा डब्लुपीडी नेपालले मनहरीमा सञ्चालित अधिकार तथा आर्थिक विकासमामार्फत महिला सशक्तीकरण कार्यक्रम (रिन्यु परियोजना) को वार्षिक समीक्षा कार्यशाला गोष्ठी ०८० असोज १३ गते सम्पन्न…
सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम
स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा मनहरी गाउँपालिका-३ मा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मनहरी गाउँपालिका-३ को सार्वजनिक सरोकार र महिलामाथि…
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालय नक्टाझिजमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र…
मनहरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम ०८० असोज ११ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा…