शिक्षा, स्वास्थ्य, खाद्य र आवाससम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कालिकोटको आयोजना र मानव अधिकार समूह शुभकालिकाको सहकार्यमा स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम फागुन २४ गते सम्पन्न गरेको छ ।
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत आयोजित कार्यक्रममा खाँडाचक्र मानव अधिकार समूहका स्थानीय अलिबहादुर शाहीले शुभकालिका गाउँपालिका–४ का जयकला सुनार, पर सुनार र दल सुनारको घर नहुँदा अर्काको घरमा बस्नु पर्ने अवस्था रहेकाले स्थानीय सरकारको ध्यान जानु पर्नेमा बताउनु भयो ।
कार्यक्रमका महदेव मावि राराकाटियाका शिक्षक महेन्द्र चौलागाँईले गाउँपालिका भित्रका विद्यालयमाहरूमा सेनिटरी प्याडको अभाव, खानेपानीको अभाव र कोभिडका कारण विद्यालयहरूमा पठनपाठन सुचारु नभएको बतउनु भयो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेका सवालमा प्रतिबद्धता जनाउँदै गाउँपालिका अध्यक्ष खडानन्द चौलागाँईले अवासविहीन भएकाहरूलाई एक महिनाभित्र आवासको व्यवस्था मिलाउने, जहाँ जे समस्या आएको छ त्यसको सामाधानका लागि कार्यपालिकाबाट निर्णय गरी समाधान गर्ने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रममा मानव अधिकार समूहका संयोजक पर्शुराम गाउँलेले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार संविधानकै मौलिक हकमा व्यवस्था भएको र त्यसको प्रत्याभूति गराउन स्थानीय सरकारले आफ्नो स्रोत साधनको उचित प्रयोग गर्नु पर्ने बताउनु भयो ।
शुभकालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केन्द्रबहादुर शाहीले गाउँपालिका स्वास्थ्य, शिक्षा, खाद्य र आवासका सवालमा मानव अधिकार समूह र स्थानीय नगरिकका आवजलाई उचित सम्बोधन गर्ने गरेको र अबका दिनमा पनि समस्या भएका ठाउँमा उचित समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भयो ।
साथै उहाँले कोरोनाले गर्दा शैक्षिक क्षेत्र धेरै प्रभावित भएतापनि गाउँपालिकाभित्रका विद्यालयका प्रधानाध्यपकहरूको बैठक बसी गुणस्तरीय शिक्षाका लागि कार्यक्रम र योजनाहरू बनाएर कार्यान्वयन गरिरहेको बताउनु भयो ।
कालीबहादुर मल्ल
सम्बन्धित इन्सेक गतिविधिहरू
अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले असार १३ गते मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रममा सम्पन्न भयो । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि रमेश गिरीले तथ्याङ्क सार्वजनिक…
अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवाा केन्द्र (इन्सेक) द्वारा प्रकाशन हुने ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३’ को लागि जिल्लामा स ङ्कलित घटनाको अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम असार १३ गते धादिङबेसीमा सम्पन्न…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाश पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
इन्सेकको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा तथा जिल्लाको मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम असार १२ गते बैतडीमा सम्पन्न भएको छ । इन्सेकले…
जिल्ला प्रतिनिधीसँगको अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजनामा जिल्ला प्रतिनिधिहरुसँग प्रदेशका मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम असार १० गते मकवानपुरको इन्द्रसरोवर–१ मार्खुमा सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा सिन्धुपाल्चोक…
जिल्ला प्रतिनिधिहरुसँगको अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा जिल्ला प्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम असार १० गते धनुषाको लालगढमा सम्पन्न गरिएको छ । जिल्ला प्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रममा सप्तरी प्रतिनिधि मनोहर पोखरेलले जिल्लामा…