शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अवस्थाका बारेमा इन्सेकद्वारा ध्यानाकर्षण

  ०७८ मङ्सिर १ गते

इन्सेक सल्यानले शारदा नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अवस्थाका बारेमा सरोकारवालाहरूको ध्यानाकर्षण गराएको छ ।

कात्तिक २९ गते इएलपी परियोजना अन्तरगत मानव अधिकार समूह र पत्रकार सहितको टोलीले जिल्ला प्रशासन कार्यालय सल्यान, स्वास्थ्य सेवा कार्यालय सल्यान र शारदा नगरपालिकालाई मागपत्र बुझाइएर विषयमा ध्यानाकर्षण गराएको हो ।

एम्बुलेन्सको भाडादरमा एकरूपता हुनुपर्ने, राप्ती लोक मार्गको स्तरोन्नतीको काम छिटो सम्पन्न गर्न पहल गरिनु पर्ने, सवारी दुर्घटना न्यूनीकरण गर्न बिभिन्न अभियान सञ्चालन गरिनु पर्ने, बजार अनुगमनलाई तिव्रता दिनुपर्ने विषयमा प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी होमागाईलाई मागपत्र बुझाइएको मानव अधिकार समूहका अध्यक्ष मुना हमालले जानकारी दिनुभयो ।

यस्तै ब्लड बैँक सञ्चालनको लागि पहल गरिनु पर्ने, पुरानो एम्बुलेन्स मर्मत तथा नयाँ खरिद र शव बाहन खरिदका लागि पहल गरिनु पर्ने, स्वास्थ्य सेवालाइ छिटो छरितो र स्तरिय बनाइनु पर्ने, दन्त सेवालाई थप प्रभावकारी बनाइनु पर्ने, अस्पतालको स्तरोन्नती र दरबन्दी अनुसारको जनशक्तिका लागि आवश्यक पहल गरिनु पर्ने लगायतका विषयमा निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठलाई मागपत्र बुझाइएको इएलपी परियोजना सहजकर्ता रामचन्द्र रेग्मीले जानकारी दिुनभयो ।

यस्तै शिक्षा र स्वास्थ्यलाई प्राथामिकता दिइनुपर्ने, बिद्यालय स्तरका हरेक कार्यक्रमा बिद्यार्थीहरूको सहभागिता अनिवार्य हुनुपर्ने लगायतका विषयमा शारदा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत लिलाधर बबाललाई मागपत्र बुझाइएको पनि रेग्मीले बताउनुभयो ।

Photo20211711 salyan

मिना बुढाथोकी