शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी समस्याहरूको पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको सहयोगमा चाँगुनारायण नगरपालिका स्तरीय मानव अधिकार समूहको आयोजनामा नगरपालिका भित्र विद्यमान रहेका शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी समस्याहरूको पहिचान गरी कार्य योजना निर्माण गर्न सरोकारवालाहरूको छलफल चाँगु नारायण नगरपालिकामा असोज १७ गते सम्पन्न भएको छ ।
कार्यक्रममा मानव अधिकार समूहले नगरपालिकाको सम्बन्धित शाखाले गरेको कार्य र आफ्नो क्षेत्रको शिक्षा, स्वास्थ्य, कृषि तथा पशु विकास, भुकम्पीय पूननिर्माणसम्बन्धी आवास अधिकारका क्षेत्रमा गरेको निगरानी, अनुगमन र सुपरिबेक्षणबाट देखिएका समस्याहरूको समूहगत रुपमा छलफल गरी नगरपालिकाभित्र रहेका विद्यमान समस्याहरूको पहिचान गरेको छ ।
प्रमुख समस्याहरूमा शिक्षा तर्फ विषम परिस्थितिमा सामुदायिक विद्यालयहरूको शिक्षाको अवस्था र विद्यालयले प्रदान गरिरहेको शिक्षा र विद्यार्थी तथा बालबालिकाहरूमा परेको समस्याहरूको बारेमा छलफल भएको थियो ।
कार्यक्रममा स्वास्थ्यतर्फ स्वास्थ्य चौकीले प्रदान गरेको सेवा सुविधा तथा सेवाप्रदानमा देखिएका समस्याहरूको बारेमा रहेको समस्याको पहिचान गरेको छ ।
खाद्यतर्फ कुषि र पशु सेवा एवम् बजार अनुगमन र त्यसमा देखा परेका समस्याहरू, आवास अधिकारमा हालसम्म पनि भुकम्पका कारणले पूनर्निमाणमा कठिनाई भोगिरहेका नागरिकहरूको समस्याहरू पहिचान गरेको छ ।
विभिन्न वडामा बसेबास गर्ने र वडाका प्रतितिधित्व गरी मानव अधिकार समूहमा सक्रिय सदस्यहरूले आफ्नो वडामा देखिएका प्रमुख समस्याहरूको पहिचान गर्दै स्थानीय नागरिकहरूको लागि प्रत्यक्ष रूपमा दैनिक आवश्यकता परिपूर्तिका लागि बाधा पुग्न गए समस्या समाधानका लागि नगरपालिका उतारदायि हुनु पर्ने निष्कर्ण निकालको छ ।
पहिचान भएका समस्याहरूलाई यथाशीघ्र समाधानका प्रकृया अगाडि बढाउन चाँगुनारायण नगरपालिका प्रमुख सोमप्रसाद मिश्रलाई ध्यानाकर्षण गराउन ज्ञापनपत्र दिने पनि कार्ययोजनामा उल्लेख गरिएको छ ।
नगरपालिका भित्र शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारलाई सुनिश्चित, सुढृड, विकास र समृद्धिको लागि मानव अधिकार समूह एक्यबद्धता भई नगरपालिकाको समन्वयमा विभिन्न कार्यमा हातेमाले गर्न तयार रहेको र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लाई समेत निरन्तर साथ एवम् सहयोगको लागि मानव अधिकार समूहले आग्रह गर्ने भएको छ ।
कार्यक्रममा नगरपालिकास्तरिय समूहमार्फत चाँगुनारायण नगरपालिकाका सबै वडाहरूमा वडास्तरीय मानव अधिकार समूहहरू गठन प्रकृयामा समेत नगरपालिका र इन्सेकले सहयोग गर्ने अपेक्षा गरिएको छ ।
मानव अधिकारका सवालमा नगरपालिकाका पदाधिकारी, जनप्रतिनिधि लगायत सम्पुर्ण सरोकारवालाहरूको चासो हुनुपर्ने समेत कार्यक्रममा औँल्याइएको छ ।
रमेश गिरी
सम्बन्धित इन्सेक गतिविधिहरू
रिन्यु परियोजनाको वार्षिक समीक्षा कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका-७, सुनखानीमा रिन्यु परियोजनाको वार्षिक समीक्षा कार्यशाला ०८० असोज ६ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले…
मानव अधिकार समूहको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा ०८०असोज ५ गते धनुषाकाे बटेश्वर गाउँपालिका-३ को कार्यालयमा मानव अधिकार समूहको बैठक सम्पन्न भएको छ । बटेश्वर गाउँपालिकामा गठित मानव अधिकार…
बलपूर्बक बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परीपुरण आवस्यक
बल पूर्बक बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परीपुरण आवस्यक रहेको कार्यक्रममा सहभागीले जोड दिएका छन् । इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज द्वन्द्व पीडित समिती बर्दियाको आयोजनामा असोज ५ गते आयोजित कार्यक्रममा …
शान्ति दिवसको अवसर अन्तरक्रिया तथा दीपप्रज्ज्वलन कार्यक्रम सम्पन्न
अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा द्वन्द्व प्रभावितहरुसँग अन्तरक्रिया तथा दीपप्रज्ज्वलन कार्यक्रम सम्पन्न गरिएको छ । ‘शान्तिकालागिकार्यहरु ः विश्वव्यापी लक्ष्यहरुको लागि हाम्रो महत्वकांक्षा’ भन्ने मूल नाराका साथ भदौ ४ गते अनौपचारिक क्षेत्र सेवा…
दुर्गम बस्ती हियाखोलामा बालविवाह विरुद्ध कानुनी सचेतना
तातोपानी गाउँपालिका – ६ हियाखोला गाउँमा बालविवाह विरुद्ध सचेतना कार्यक्रम गरिएको छ । इन्सेक, मानवअधिकार रक्षक संजाल जुम्लाको आयोजना तथा ६ नम्बर वडापालिका र कालिका आधारभूत विद्यालय हियाखोलाको समन्वयमा बालविवाह…