शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहयोग तथा मानव अधिकार समूह कृष्णपुरको आयोजनामा कृष्णपुर नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारको सवालमा स्थानीय सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम असोज १३ गते सम्पन्न गरिएको छ ।
कार्यक्रममा स्थानीयले कृषकहरूले बिउबिजनको अभाव रहेको, बजार व्यवस्थापन नभएको, सुकुमवासी पहिचान र व्यवस्थापन समस्याले गर्दा नागरिकलाई सुुरक्षित आवासमा कठिनाइ भएको, बजार अनुगमन नभएको, शिक्षक दरबन्दी अपुग भएको, कृषि मल नपाएको, गहुँ र धानको मुल्य नतोकिएकोलगायतका समस्या राखेका थिए ।
कार्यक्रममा कृषि शाखा प्रमुख लालबहादुर धामीले शिक्षा, स्वास्थ्य, खाद्य र आवासका विषय नगरपालिकाको प्राथमिकतामा रहेको बताउनुभयो ।
रासायनिक मलसम्बन्धी जनचेतनाका कार्यक्रम लागु गरेको र व्यवसायिक किसानहरूका लागि एक वडा एक कार्यक्रम सञ्चालन गरिरहेको उहाँले बताउनु भयो ।
आधारभुत विद्यालयमा दिवा खाजा, आधारभुतदेखि माथिल्लो तहका सबै विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराउनुका साथै खाल्डो खनेर व्यवस्थापन गर्ने गरेको समेत उहाँको भनाइ छ ।
स्वास्थ्य शाखाकी मनिषा पोखरेलले मेडिकल दर्ता भएनभएको अनुगमन गर्नुका साथै प्रत्येक आइतबार औषधि वितरण गरिरहेको बताउनुभयो ।
शिक्षा शाखा प्रमुख अनिता ठगुन्नाले प्राथमिक तहमा पूर्ण रूपमा शिक्षक दरबन्दी रहेको बताउनु भयो । उहाँले मावि र निमाविका लागि नगरपालिका स्तरबाट चार ओटा दरबन्दी मिलान गर्नुका साथै विद्यालयहरूमा इन्टरनेट सेवा सुचारु गराएर अनलाइन सेवा सुरू गरेको बताउनु भयो ।
कार्यक्रममा मानव अधिकार समूह कृष्णपुरले नगरप्रमुखलाई शिक्षा, स्वास्थ्य, आवाससम्बन्धी समस्यासहितको ध्यानाकर्षण बुझाएको छ ।
कृष्णपुर नगरपालिकाका प्रमुख कर्णबहादुर हमालले शिक्षा, स्वास्थ्य, खाद्य र आवास नगरपालिकको प्राथमिकतामा रहेको बताउनुभयो ।
संविधानले मौलिक हकमा व्यवस्था गरेको उल्लिखित विषयहरूलाई नगरपालिकाले उच्च प्राथमिकताका साथ राखेर कार्यान्वयन गर्दै आइरहेको उहाँले बताउनुभयो ।
लिली कुँवर
सम्बन्धित इन्सेक गतिविधिहरू
कास्की जिल्ला स्तरीय बाल सञ्जाल गठन
कास्कीमा जिल्ला स्तरीय बाल सञ्जाल गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीको आयोजना तथा सामाजिक विकास कार्यालय कास्कीको सहयोगमा वैशाख २१ र २२ गते गरिएको बाल भेलाबाट…
इन्सेकद्वारा गरुडामा अभिमुखीकरण कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा गरुडा नगरस्तरीय मानव अधिकार समूहको सहकार्यमा मानव अधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम श्रीपुर गरुडामा वैशाख १५ गते सम्पन्न भएको छ । कार्यक्रममा…
लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी पाँच दिने तालिम सम्पन्न
लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी पाँच दिने तालिम सुर्खेतको वीरेन्द्रनगरमा वैशाख १७ सम्पन्न भएको छ । इन्सेक कर्णाली प्रदेशको आयोजनामा वैशाख १३ गतेदेखि सुरु भएको तालिम वैशाख १७ गते सम्पन्न…
शिक्षा, स्वास्थ्य, खाद्य र अवासको अधिकारका सवालमा अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा चन्द्रपुर नगरस्तरीय मानव अधिकार समूहको आयोजनामा शिक्षा, स्वास्थ्य, खाध र आवासको अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम चन्द्रनिगहापुरमा वैशाख १६ गते सम्पन्न…
पहुँचयुक्त निर्वाचन प्रणाली बिषयक नीतिगत संवाद कार्यक्रम सम्पन्न
अपाङ्गता स्वाबलम्बन विकास सङ्घ र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पोखरामा वैशाख १६ गते अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकार सुनिश्चित गर्न र पहुँचयुक्त निर्वाचन प्रणालीको बिकासका निम्ति सम्बन्धित…