शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना तथा मानव अधिकार समुह भानु नगरपालिकाको संयोजनमा भानु नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी स्थानीय सरकार र सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम भदौ २९ गते सम्पन्न भयो ।
मानव अधिकार संरक्षण र सम्बर्धनकालागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिबृद्धि परियोजना अन्तर्गत आयोजित सो कार्यक्रममा बोल्दै भानु नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले शिक्षा, स्वास्थ्य, खाद्य र आवास नगरपालिकाको प्राथमिकतामा रहेको बताउनुभयो ।
संविधानले मौलिकहकको रूपमा व्यवस्था गरेको यी विषयहरूलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेर कार्यान्वयन गर्दै आएको उहाँले बताउनुभयो ।
आधारभुत विद्यालयमा दिवा खाजा, आधारभुतदेखि माथिल्लो तहका सबै विद्यालयमा सेनेटरी प्याडको उपलब्धता, आधारभुत विद्यालयमा स्मार्ट टिभीको व्यवस्था, कृषकलाई आधुनिक कृषि औजारको व्यवस्था गरिएको तथा दुध र अण्डामा नगरपालिका आत्मनिर्भर भएको पाण्डेले बताउनुभयो ।
मौलिक हकहरू उपभोग गर्न पाउनु नागरिकको नैसर्गीक र संविधान प्रदत्त अधिकार भएको भन्दै पाण्डेले नगरपालिकाले पनि नागरिकका यी मौलिक हकलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमहरू बनाएको बताउनुभयो ।
इन्सेकले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयमा पटकपटक नगरपालिकाको ध्यानाकर्षण गराएको हुँदा वार्षिक नीति तथा कार्यक्रम र योजनामा ती विषयहरू सम्बोनधन गरिएको उहाँले बताउनुभयो ।
नगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गरेको शिक्षा, स्वास्थ्य, खाद्य र आवाससँग सम्बन्धित कार्यक्रमको बारेमा कार्यपत्र प्रस्तुत गर्दै नगरपालिकाका वरिष्ठ अधिकृत पाण्डेले शिक्षा, स्वास्थ्य, खाद्य र आवाससँग सम्बन्धित कार्यक्रम र योजनाहरूलाई प्राथमिकतामा राखि सम्पन्न गर्ने र नीतिहरू बनाउँदा पनि त्यसैलाई नै प्राथमिकतामा राख्ने गरेको बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराई, कृषि शाखा प्रमुख प्रताप पाण्डे, शिक्षा शाखाका श्रोत व्यक्ति श्रीकृष्ण त्रिपाठी, पशु शाखाका प्राविधिक धनबहादुर कुमालले सहभागीको जिज्ञासाको उत्तर दिइ आ–आफ्नो शाखाले गर्दै आएको कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो ।
मानव अधिकार समूहका संयोजक कृष्णराज धमनीयाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा भानु महिला विकास बहुउद्देश्यिय सहकारी संस्थाकी अध्यक्ष रूपा लामा, व्यवस्थापक कल्पना सेढाई, मानव अधिकार समूहका सदस्यहरू रामबहादुर ढकाल, तुलसी गैरे, रूक्मिणी खनाल, विष्णुकुमारी श्रेष्ठ, चिनिमाया प्रधान लगायतले विभिन्न जिज्ञासा राख्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले गर्नुभएको थियो ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार सहयोग कक्षको सवलीकरण बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनमा चैत १६ गते मानव अधिकार सहयोग कक्षको सवलीकरणका लागि सरोकारवालाहरूसंग मधेस प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । मधेसी आयोगका अध्यक्ष डा.…
न्यायिक समितिले काममा बिश्वास जगाऊँ : मेयर शर्मा
नारायण नगरपालिकाका मेयर लोमन शर्माले न्यायिक समितिको कामलाई प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । इन्सेक र यूएनडीपीको संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना फेज–२ ले संयुक्त…
मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना पुस्तक प्रदान
इन्सेक लुम्बिनी प्रदेश कार्यालयले मानव अधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना पुस्तक सरोकारवालाहरूलाई प्रदान गरेको छ । इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महतले चैत १५ गते जिल्ला समन्वय समिती कपिलवस्तुका…
मानव अधिकार समूह र स्थानीय सरोकारवालाहरूको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न
इच्छाकामना गाउँपाालिका स्तरीय मानव अधिकार समूहका लागि आयोजित दुई दिने कार्यक्रम ०७९ चैत १४ गते समापन भएको छ । तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष माया सिलवालले मानव अधिकार…
इन्सेक प्रदेश संयोजक र मानव अधिकार समूहबीच छलफल कार्यक्रम सम्पन्न
इन्सेकद्वारा गठित मानव अधिकार समूह कपिलवस्तुसँग इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतबीच छलफल कार्यक्रम चैत १५ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा बोल्दै संयोजक महतले ०४५ सालदेखि शिक्षा, स्वास्थ्य,…